रंगमञ्च नाटकमा आधा दशकदेखी मकवानपुर सुनसान छ । यो सुन्दा अच्चम लाग्न सक्छ तर यर्थात यही हो । मकवापुरका स्टेज र सडक नाटकहुदै बलिउड सम्म अभिनय लैजान सफल मकवानपुरे कलाकार भोलाराज सापकोटालाई अहिले चलचित्रको पर्दामा काम गर्न भ्याईनभ्याई छ । तर उनैले बिजारोपण गरेको मकवानपुरे रंगमञ्च आज मकवानपुरमा सुस्त छ ।
चहलपहल राम्रै थियो । रगंमञ्च नाटक क्षेत्रमै लागेर राम्रा कलाकारपनि जन्मे । तर, बिगत ५ बर्ष देखी मकवानपुरमा नाट्य क्षेत्रको चहलपहल छैन भन्दा पनि हुन्छ । आर्कषण बढेको हुदाहुदै पनि लगानीकर्ताको अभाबले नाटक कलाकारितामा लाग्नेहरु ओझेलमा परेकाहुन । दुई दशक भन्दा बढी समय देखी मकवानपुरलाई नाटकको रंगभुमी बनाउदै आएको तरग सास्कृतीक परिषदले पनि आजभोली यो कार्यलाई अगाडी बढाउन सकेको छैन ।
पहिले पहिले जस्तो नाटकको अभिरुचीलाई अगाडी बढाउन लगानीकै कारण पछि परेको बताउनुहुन्छ तरंग साँस्कृतीक परिषदका अध्यक्ष उज्वल शर्मा भण्डारी । आफुहरुले जे सोचेर मकवानपुरमा नाटक गतिबिधि गर्न खोजेको हो त्यो सोचलाई समयले साथ नदिएकोले पनि चाहानाहरु पुरा नभएको अध्यक्ष भण्डारी बताउछन । बजेटको अभाबमै नाटक कला रोक्नुपर्ने बाध्यता बनेको भण्डारीको भनाई छ । तरपनि राष्ट्रिय महोत्सबहरुमा सहभागी हुने गरेको भण्डारीको भनाई छ ।
कोरोना सक्रमण ले पनि राम्रै थलापारेको उनको तर्क छ । केही बर्ष पहिले त अलिअलि रहलपहल थियो अहिले खासै नाटक भन्दा चलचित्रको अभिनयमा कलाकारहरुको आर्कषण बढेकाले गत्तिबिधि बढाउन गारो परेको उनको भनाई छ । अहिले बिभिन्न जिल्लाहरुमा हुने महोत्सबहरुमा सहभागी हुने बहायेक अरु कामहरु मकवानपुरमा गर्न नसकेको उनको भनाई छ । जिल्लामा हुने फाटफुट गत्तिबिधिले रंगमञ्च नाटकको प्यास नमेटिने उनको भनाई छ । आर्थीक अभाब संगै नाटक लगानीकर्ताको अभाबलेनै रंगमञ्च नाटकमा आधा दशकदेखी सुनसान बनेको छ मकवानपुर ।
अन्तराष्टिय नाटक महोत्सबमासमेत गत्तिलो उपस्थीती जनाएर चर्चा कमाएको मकवानपुरमा कलाकारहरु यो क्षेत्रमा भबिष्य नदेखेर एकाएक बाहिरीन थालेपछि नाटक क्षेत्रमा अहिले मकवानपुर सुनसान छ । झण्डै १० बर्ष पहिले हेटौडामा नाटक घर नै सञ्चालनमा ल्याईयो । महिनामा २ पटक भएपनि नाटक प्रर्दशन गर्ने लक्ष्य थियो तर निरन्तरता पाउन सकेन ।
कलाकारको अभाव, उचि व्यवस्थापन र दर्शकको अभावले ६ महिनापछि यसले निरन्तरता पाउन सकेन । यि समस्याको व्यवस्थापन नगर्दासम्म मकवानपुरको नाट्य क्षेत्र उठन गाह्रो देख्नेहरु धेरै छन् । तर यर्थात कुरा चै के भने कलाकारहरु सिनेमामा तिर लाग्नु अनि लगानी कर्ता अभाब हुनुनै मकवानपुरमा नाट्य गत्तिबिधि सुनसान हुनु स्वबाभिक हो । स्थानियतहहरुले अब बजेट बिनियोजन गर्न सके फेरीपनि मकवानपुरमा रंगमञ्च नाटकमा आधा दशकदेखी सुनसान मकवानपुर चहलपहल हुनेछ र नयाँ कलाकार जन्माउने थलोबन्ने छ ।