हेटौंडा \ बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् । हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पौडेलले सहकारी संस्थाहरु शेयर सदस्यप्रति जवाफदेही हुनुपर्ने बताए ।
सहकारी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण प्रतिफल नआएको बताउदै शेयर सदस्यहरुको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै पौडेलले सहकारी मार्फत उत्पादनमा जोड दिन आग्रह गरे ।
साधारणसभामा संस्थाका अध्यक्ष मिठ्ठाराम दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा संयोजक तेज प्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्यतर्फ हिरादेवी दाहाल, शेर बहादुर मिजार, नियमति तथा उत्कृष्ट बचतकर्ता तर्फ विष्णुमाया लो, दीपक दियाली, उत्कृष्ट कारोवारतर्फ उर्मिला बरुवाल, चुडामणी पराजुलीलाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट व्यवसायी ऋणीतर्फ भोजराज पराजुली, उत्कृष्ट आवधिक बचततर्फ चतुर्भुज अधिकारी, सक्रिय शेयर सदस्य टोम प्रसाद तिमल्सिना र उत्कृष्ट बाल बचतमा सुयन्सा धिताल र विषम धिताललाई पुरस्कृत गरिएको थियो ।
यसैगरि २०७९ सालको ईसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अनुराग बलामी, भुषण दाहाल, आष्मा श्रेष्ठ, श्रृष दाहाल, समीप लामिछाने, सुदिन खतिवडा उच्च मावि तर्फ मोनिका देवकोटा, रोजन पोखरेल र उत्कृष्ट कर्मचारीमा कार्यालय सहायक रुपा चौलागाईलाई पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष दाहालको सभाध्यक्षमा सम्पन्न भएको भेलामा बागमती प्रदेश सांसद एवम सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य विदुर हुमागाई, हेटौडा उपमहानगरका सहकारी विकास शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुर अध्यक्ष हरि कंडेल, जिल्ला सहकारी संघका सदस्य नुर प्रसाद गौतम, नेफ्स्कुन फिल्ड कार्यालय इन्चार्ज ज्योति महत, संस्थाका सल्लाहकारहरु बद्री प्रसाद लम्साल, कुमारमणी दाहाल, उद्धवप्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाको शेयर पूँजी २ करोड ८२ लाख ६ हजार ५३० रहेको छ । बचत निक्षेप २९ करोड ४९ लाख ३३ हजार ९१ रुपैयाँ छ भने सदस्यलाई ऋण लगानी २९ करोड ९३ लाख ४६ हजार ९३४ गरेको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । सहकारीमा २ हजार ६ सय २ जना शेयर सदस्य छन् ।