हेटौडा / “दशौं छायाँवछवि तिज म्युजिक अवार्ड–२०८०” भव्यरुपमा सम्पन्न भएको छ । बिगत १० बर्षदेखि आयोजना हुँदै आएको छायाँछबी तीज म्युजिक अवार्ड शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो । तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष क्षेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योती प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाह लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका चारजना महिलाहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार÷संचारकर्मी कृष्णदेवी आचार्य “रोशनी” र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् । छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ
तीज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तीज गीत मिक्सिङः प्रकाश खरेल – यो तीजमा नजाने माइती
तीज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं – आयो तीज आयो
तीज गीत मोडल (पुरुष)ः प्रकाश सोनी – तीज आयो स्वामी राजा
दोहोरी तीज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तीज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तीज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तीज दोहोरी गीत गायकः विजय गुरुङ – तीजै आयो
तीज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तीज गीत नवगायनः सुनिता भट्टराई – तीज बबाल
तीज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तीज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बीना भट्टराई – तीजको लहर
तीज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तीज
तीज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तीजमा नजाने माइती
मौलिक तीज गीत मोडलः सुप्रिमा थापा – बालापनको तीज
उत्कृष्ट तीज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तीज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तीज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तीज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तीज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो
मौलिक तीज गीत गायिकाः सिता के.सी – हेर त साइली
तीज गीत भीडीयो सम्पादकः बन्दे प्रसाद – बालापनको तीज
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तीज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तीज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तीज (डायस्पोरा)
तीज दोहोरी गीत शब्दः हरी उप्रेती – तीजै आयो (जुरी)