हेटौडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहको संरचना पूरानै भएपनि प्रादेशिक संरचना नयाँ रहेको र प्रादेशिक संरचना नै संघीयताको खम्बा रहेको उहाँले बताउनु भयो । उहाँले प्रादेशिक संरचना सुदृढ नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बलियो हुन नसक्ने बताउनु भयो । संविधान दिवस २०८० को अवसरमा सोमबार बिहान हेटौडा ६ मा अवस्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा फलफुलका वृक्षारोपण गर्दै मुख्यमन्त्री जम्कट्टेलले वृक्षारोपणले भुक्षय लगाएतका विपतीबाट बचाउनका साथै हराभरा बनाउन सहयोग पुग्ने बताउनु भयो । उहाँले जनताको जनमतबाट आएको लोकतन्त्र पछि आएको संविधानले जनताकै रक्षा गर्ने हुदा संविधानको मर्म अनुसार प्रदेश सरकार काम गरीरहेको बताउनु भयो ।
संविधानले प्रदेशलाई दिएका एकल अधिकारका विषयमा लगभग कानून निर्माण भइसकेका छन् भने संघ र प्रदेश प्रदेश र स्थानीय तह, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका कतिपय कानून निर्माण हुन बाँकी रहेको बताउदै उहाँले संघीय कानून बन्न ढिलाई हुँदा ती विषयले मूर्त रुप लिन नसकिरहेको बताउनु भयो ।
बागमती प्रदेश सरकारले आज देखी तिन दिन सम्र्मे संविधान दिवस मनाउदै छ । असोज ३ गते पर्ने संविधान दिवस २०८० लाई भब्य रुपमा मनाउन सोमबार देखीनै विभिन्न कार्यक्रमहरु भैरहेका छन् । जिल्ला वन कार्यलय मकवानपुर द्धारा आयोजित वृक्षारोपण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला वन कार्यलय मकवानपुरका प्रमख शिव सापकोटा,हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाललगाएतले संविधान दिवसका बारेमा चर्चा गर्दै वृक्षारोपण गरेर गाँउ शहर हराभरा बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।
यस्तै संविधान दिवसका अवसरमा सोमबार बिहानै हेटौडामा खुल्ला ५ किमी दौड प्रतियोगीता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागी खेलकुद महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने राजनीतिक दस्तावेजको रुपमा रहेको संविधान कार्यान्वयनका लागि तीन तहका सरकार क्रियाशील रहेको बताउनु भयो । नेपाललाई संघीय संरचनामा लैजाने संघीयताको मुटुको रुपमा रहेको प्रदेशहरु संविधानले दिएका अधिकार बमोजिम कानून निर्माण गरी कार्यान्वयन गरिरहेको समेत उहाँले बताउनु भयो । प्रादेशिक संरचनालाई जति छिटो सुदृढ र संस्थागत गर्न सकिन्छ त्यति छिटो संविधानको मर्म बमोजिम समाजवादको लक्ष्यमा पुग्न सकिने समेत उहाँले बताउनु भयो ।
दौडले शरिरलाई स्र्फुत बनाउन र स्वास्थ्य बनाउन सहयोग बनाउने भन्दै संविधान दिवसका अवसरमा आयोजना भएको प्रतियोगीतामा सहभागी भएका खेलाडीहरुलाई मुख्यमन्त्री जम्कट्टेलले शुभकामना समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तान,प्रदेश खेलकुद सदस्य सचिव सुर्य भण्डारी,जिल्ला स्थित बिभिन्न खेल क्षेत्रका प्रमुखहरुको सहभागीता रहेको थियो । प्रदेश सरकारले आज भोली र पर्सी गरी तिन दिन नवौं संविधान दिवस मनाउने निर्णय गरेको छ ।