हेटौंडा \ मानवसेवा आश्रमले आफ्नो मानवता प्रवद्र्धधन कार्यक्रम अन्तर्गत आमा सेमिनार कार्यक्रम आयोजना गर्ने भएको छ । यही असोज १४ गते आइतबार १ दिवसीय आमा सेमिनार हुन लागेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । हेटौडाको ओम्याक्स सिनेमा हलमा दिनको ३ बजे देखी ६ बजे सम्म चल्ने आमा सेमिनार हुने अधिकारीले बताए ।
कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम, र आफूलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव करुणालाई जन जनमा , मन मनमा पुर्याउने उद्देश्यले आयोजना गरिन लागिएको अधिकारीले बताए ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्ने राष्ट्र व्यापी रूपमा मानवता प्रवर्धनको कार्यक्रम आयोजना गरिन लागेको जनाइएको छ । साउन १३ गते पर्सा वीरगन्ज टाउन हलमा सात सय जनाको सहभागितामा भएको थियो त्यस्तै भाद्र २० देखी असोज १२ गते सम्म २२ दिन बेलायतका विभिन्न सहरमा आमा सेमिनार सम्पन्न गरीएको अध्यक्ष अधिकारीले बताए ।
बेलायतबाट टोली असोज १२ गते नेपाल आउने बित्तिकै आफ्नो गृह जिल्ला मकवानपुर हेटौडामा आमा सेमिनार गरिने र असोज २० गते कास्की पोखरा र २७ गते मेचीनगर झापामा हुने अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक – शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक सङ्घ संस्थाको प्रतिनिधिहरू, जन प्रतिनिधिहरू गैर सरकारी संस्थाका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयं सेविकाहरू, सञ्चार कर्मीहरू समेतलाई समेटेर कार्यक्रममा ४०० जना सहभागिता जनाउनेछन् । कार्यक्रमको व्यवस्थापन मानवता अध्ययन केन्द्रले गर्ने जनाइएको छ ।