हेटौंडा \ भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी २९ फाईब जी मोडल सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको भिभो भी २९ विहीबार सार्वजनिक गरेको हो । कम्पनीले देशभर दिउँसो एकैसाथ उक्त मोडल सार्वजनिक गरेको थियो ।
प्रदेश राजधानी हेटौंडामा पनि उक्त मोडलको सार्वजानिक गरिएको छ । हेटौंडाको लागि आधिकारिक बिक्रेता एस.के सप्लायर्सले एक कार्यक्रमका बीच उक्त मोडल सार्वजनिक गरेको हो ।
यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभो कम्पनीको दाबी रहेको छ । उक्त मोडलमा क्रब थ्रीडी डिस्प्ले रहनुका साथै फ्रन्ट क्यामेरा ५० मेघापिक्चलको रहको आधिकारिक बिक्रेता एस.के सप्लायर्सका प्रोपाईटर कृष्ण सागर श्रेष्ठले बताए ।
१२ जिबी ¥याम र २५६ जिबी स्टोरेज क्षमता रहेको उक्त मोवाईलमा ४६ सय एमएएच ब्याक्ट्री पावर रहेको प्रोपाईटर श्रेष्ठले बताए । उक्त मोडलको बजार मुल्य ५९ हजार ९९९ रहेको जनाइएको छ । उक्त मोडल पीक नीलो र नोबल कालो कलरमा पाइने जनाइएको छ ।
मोवाईल महासंघका केन्द्रीय सदस्य दिनेश लामा, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाई, सल्लाहकार कुमारमणि त्रिपाटी, प्रोपाईटर श्रेष्ठ लगायतले उक्त मोडेल एकसाथ सार्वजानिक गरेका थिए । कार्यक्रममा हेटौंडाका मोवाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
उक्त मोडल सहित भिभोले वाइ ३६ मोडेल पनि ल्याएको छ । उक्त फोनको बजार मुल्य २८ हजार ९९९ रहेको श्रेष्ठले बताए । उक्त मोडेलमा८ जिबी ¥याम र रोम २५६ जिबी रहेको छ । क्यामेरा भने ५० मेघापिक्चल रहेको छ । साथै चाडपर्वको अवसरमा भिभोले विभिन्न मोडलका मुल्यहरु समायोजन गरी नयाँदर रेटमा बजारमा ल्याएको प्रोपाईटर श्रेष्ठले बताए ।