हेटौडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका प्रमुख मीना लामाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्व अध्यक्ष कुमारमणी दहाल, निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, सल्लाहकार हिमाल पौडेललाई सम्मानित गरिएको थियो । यसैगरि संस्थापक शेयर सदस्य मिश्रीदेवी न्यौपाने, सावित्री न्यौपाने, हेटौडा–६ का वडा सचिव आमोद प्रसाद मैनाली, पत्रकार गणेशदर्पण अधिकारी, समाजसेवी तथा व्यवसायी राजु गुरुङ, एकल महिला शर्मिला मानन्धरलाई समेत सम्मानित गरिएको थियो । भेलामा २०७९ सालको एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने आर्दित तिमल्सिना, विनिता दाहाल, बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने लिलाकुमारी आचार्य, खुत्रुकेमा बढी रकमा जम्मा गर्ने आदेश गौतम र प्रकृति पराजुली र एकैदिन सदस्यता लिने दम्पतीलाई समेत सम्मानित गरिएको थियो ।
साधारणसभामा अध्यक्ष विडारीले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक उदय प्रकाश दहालले ऋण उपसमितिको प्रतिवेदन, लेखा संयोजक केदारप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमिति संयोजक अम्विका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र व्यवस्थापक भीमसेन पौडेलले चालु आव ०८०/८१ को लागि २ करोड ४२ लाखको अनुमानित बजेट पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगर सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, नारीचेतना सहकारीकी अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती लगायतको उपस्थिति रहेको थियो ।