हेटौंडा \ नेपाल इंग्लिङ्स ल्याङग्येज टिचर एशोसिएसन (नेल्टा) बागमती प्रदेशको दोश्रो अधिवेशन शनिबार हेटौंडामा भएको छ । नेल्टा बागमतीका अध्यक्ष गणेशप्रसाद हुमागाईको सभाध्यक्षतामा तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशेष अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान रहेका थिए ।
कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, केन्द्रीय कोषाध्यक्ष अशोक सापकोटा, अमेरीकी दुतावासका प्रतिनिधि रोजर एफ. कोहेन तथा विश्व गौतम लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, कोषाध्यक्ष अशोक सापकोटा अमेरीकी दुतावासका प्रतिनिधि रोजर एफ. कोहेन र विश्व गौतमले अंग्रेजी भाषा शिक्षण सिकाईसँग सम्बन्धित प्रस्तुतीकरण दिएका छन् ।
अधिवेशनले रामेश्वर ठाकुरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्षमा यूवराज सुबेदी, महासचिवमा संगम चौलागाई, सचिवमा वीरबल लामा, सदस्यता सचिवमा श्रृजना पौडेल, कोषाध्यक्षमा बेगबहादुर थापा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा गणेशबहादुर थापा, शान्ति अधिकारी, नानीबाबु घिमिरे, उत्तम अर्याल, दीपक सिटौला, श्रीकृष्ण कडेल, दीपक खड्का चयन भएका छन् ।