हेटौंडा \ उपमहानगरपालिका वडा नम्बर ६ स्थित रामनगरमा निर्मित सिद्धस्थली ग्रामीण सामुदायिक अस्पतालको नव निर्मित भवनको शनिवार उद्घाटन गरिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भवनको उदघाटन गर्नु भएको हो । भवनको उदघाटन गर्दै मन्त्री बस्नेतले नाफावितरण नगर्ने परोपकारी संस्थाको रुपमा स्थापना गरिएको संस्थाले समुदायको लागी गरेको योगदान उच्च रहेको बताउन भयो । देश तथा विदेशमा रहेका अध्यानरत नेपाली डाक्टरहरुको समूहले अस्पताल स्थापना र सञ्चालन गर्दै सरकारलाई समेत झकझकाएको बताउदै मन्त्रि बस्नेतले अस्पतालको लागी आवश्यक सहयोग सरकारका तर्फबाट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपालको विभिन्न ग्रामीण भेगमा बसोबास गर्ने गरिव तथा विपन्न नागरिकहरुलाई मध्येनजर गर्दै यसरी गाँउगाँउमा समुदाय स्थरबाट अस्पताल तथा स्वास्थ्यसंग सम्बन्धीत कार्यहरु हुन सके देशले काँचुली फेर्ने बताउन भयो । अस्पताल निर्माण भएर मात्र हुदैन यसलाई हुर्काउन धेरै कुराहरुको आवाश्यक्ता रहेको भनदै मन्त्रि बस्नेतले बाँकी अधुरा कार्यहरुका लागी नेपाल सरकारबाट आवश्यक पहल गर्ने बताउन भयो ।
उहाँले अस्पताल सुचारुपछि सर्व सुलभ ढंगबाट गुणस्तरीय सेवाप्रदान गर्नको लागी शुभकामना समेत प्रदान गर्नु भयो । संस्थाका अध्यक्ष डा. अबन गौतमको प्रयासबाट सिंगो अस्पताल बनेको भनदै मन्त्री बस्नेतले डा. गौतम र सिंगो टिमलाई सरकारका तर्फबाट आभार व्यक्त गर्नु भयो । अध्यक्ष गौतमले अस्पताल स्थापना र सञ्चालनका लागी देश तथा विदेशमा आर्थिक सहयोगको लागी पहल गर्ने सबैमा आभार व्यक्त गर्नु भयो ।
हामीले प्रयास गरेर यहाँसम्म ल्याएका छौ अब यहाँको समुदायको हातमा अस्पताल रहेको भन्दै समुदायले यसबाट लाभ लिन सकुन भन्ने उद्देश्य सहित अस्पतालको अवधारणा ल्याएको अध्यक्ष गौतमले बताउन भयो । उहाँले अस्पताल सञ्चालन पश्चात थोरै सेवा शुल्क मार्फत जम्मा भएको रकमले अस्पतालको उद्देश्य र कार्यक्रममा पुनःप्रयोग गरिने भन्दै अहिले सम्म यस अवधिमा भवनको लागत करिब ५ करोड खर्च भएको जानकारी गराउनु भयो ।
अस्पताललाई डाईरेकट रिलिफबाट प्रारम्भिक सहयोग तीन करोड ६३ लाख र बाकीँ च्यारेटी गरेर अन्य संस्था चान्स फर नेपालबाट सहयोग जुटाई निर्माण गरेको बताउन भयो । छिटै सेवा संचालनमा आउने तयारीमा रहेको अस्पतालमा आफ्नै अक्सिजन प्लाण्ट रहेको विद्युतकालागि सय केभीए बराबरको सोलार जडान गरिएको छ । अस्पतालमा १५ शैयाको वेड रहने र जनरल ओपीडि, कन्सल्टटेन्ट,ओपीडि, दन्त सेवा,एक्सरे, अल्ट्रासाउण्ड,फार्मेसी, ल्याबका साथै ईमरजेनिसी सेवाहरु दिने लक्ष्य रहेको गौतमले बताउन भयो ।
कार्यक्रममा काग्रेस सहमहमन्त्री डिना उपाध्याय, बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी ,वन तथा वातावरण मन्त्री मसिना खड्का, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगाएतले अस्पताल निर्माणले सिंगो मकवानपुरबासी खुसी भएको र यसबाट यहाँका जनसमुदायले स्वास्थ्य सुविधा पाउने बताउनु भयो ।