हेटौंडा \ हेटौंडा-६ रामनगरमा रहेको बौद्ध बाल उद्यानको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा-६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, बाल उद्यानका उपाध्यक्ष दिपक सापकोटा, सचिव रामजी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विशिष्ट अतिथि विष्णु बहादुर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं ६ का सदस्यहरु विजय पौडेल, लेखराज ढकाल ,सरिता सापकोटा ,मुना विश्वकर्मा, राष्ट्रिय भुमि आयोग विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाइ, निवर्तमान वडा सदस्य तथा नगर कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, निवर्तमान वडा सदस्य सुभद्रा तिमल्सिना, बौद्ध बाल उद्यानका निवर्तमान अध्यक्ष रामहरी थापा, नवजीवन ज्योति क्लबका अध्यक्ष राज कुमार बास्तोला, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा -६ को सचिव राज कुमार फुयाल, नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।
उद्यानका अध्यक्ष राजेन्द्र धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व जनप्रतिनिधि, वर्तमान जनप्रतिनिधि, विभिन्न टोल विकास संघसंस्थाका प्रतिनिधि, स्थानीयको उपस्थिति रहेको थियो ।