हेटौंडा \ नेपाल स्काउट बागमती प्रदेशले मकवानपुरमा रहेको २ वटा विद्यालयमा नयाँ स्काउट इकाई संचालन गर्न प्रोत्साहन स्वरुप स्काउट पोशाक वितरण गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नं ५ धादिङमा रहेको शारदा मावि र हेटौंडा उपमहानगरपालिकाको वडा नं १ नकौलीमा रहेको आधारभुत विद्यालयका ३२/३२ जना गरी ६४ जना छात्र र छात्रालाई पोशाक वितरण गरेको हो ।
सानै उमेरबाट नै सामाजिक भावनाको विकाश गरी अनुशासित र नैतिकवान जिम्मेवार नागरिक बनाउन विभिन्न जिवन उपयोगी सीप सिकाउदै विपद्मा सहायता प्रदान गर्न सक्ने स्वंयसेवक निर्माण गर्न स्काउट पोशाक वितरण गरिएको बागमती प्रदेश सदस्य अशोक सारु मगरले बताए ।
मकवानपुरगढीमा रहेको शारदा माविमा बागमती प्रदेश सदस्य अशोक सारु मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरगढी–५ नं वडा अध्यक्ष दिपेश दहाल, विद्यालय व्यवस्थापन समिति सदस्य नवराज न्यौपाने, नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र रानामगर, स्काउटर अनिल आचार्य, निशा गौतम, प्रदेश कायर्यालय सहायक प्रमुख शौरभ अधिकारी, विद्यालयका सहायक प्रअ देवनायक शर्मा, स्काउटर रमन झा, शिक्षक रजनी दुलाल र आशिष घलान लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै हेटौंडा–१ नकौलीमा भएको कार्यक्रम वडा सदस्य ईश्वरी रसाइली, रामकृष्ण अधिकारी, कालिका आधारभुत विद्यालयका प्रअ बैकुण्ठ पराजुली, शोभा लामिछाने, सहायक शौरभ अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र बहादुर पाख्रीन, सोनाम सिं ब्लोन, स्काउटर सिता ब्लोन, अनिल आचार्य, निशा गौतम र इश्वर लामिछानेको लगायतकाको सहभागिता रहेको थियो ।