हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९\८० को वार्षिक समीक्षा सम्पन्न भएको छ । उपमहानगर क्षेत्र महाशाखाहरुले गरेको कामको बारेमा समीक्षा बैठकमा प्रस्तुति करण भएको थियो ।
आर्थिक वर्ष २०७९\८० मा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति विश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पुर्वाधार विकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट भएका कामको महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, शिक्षा विकासबाट भएका कामको महाशाखा प्रमुख हरीचन्द्र सापकोटा, महिला तथा बालबालिकाबाट भएको कामको महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने प्रस्तुतिकरण गरेका थिए ।
समीक्षा बैठकमा भएका उपमहानगरबाट भएका कार्यहरुको सवल, सुधार गर्नुपर्नेकाम, चुनौंति र अपनाउनु पर्ने रणनितीको बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा उपमहानगरका कामलाई थप प्रभावकारी बनाउँनका लागि सबैको सहकार्य आवश्यक रहेको बताइएको थियो ।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरको विकासका लागि एक अर्काको सहयोग आवश्यक रहेको बताईन् । सेवाप्रवाहलाई चुस्त बनाउँदै वडातहबाट हुन सक्ने सेवा प्रवाहलाई नगरसम्म ल्याउने काम रोक्न निर्देशन दिइन् । समस्या र चुनौंतिलाई समाधान गर्नका लागि महाशा प्रमुखहरुलाई सुष्म अध्ययन गरी आगामि मासिक बैठकमा प्रतिवेदन सहित उपस्थित हुन निर्देशन दिइन् ।
उपमहानगरले आर्थिक वर्ष २०७९\ ८० मा ३ अर्ब ३० करोड ९ लाख ५५ हजार बजेट मध्य चालु तर्फ १ अर्ब ४० करोड ३९ लाख ८४ हजार ३४५, पुजिँगत तर्फ १ अर्ब ६ करोड १३ लाख ३२ हजार ६७० रुपियाँ र वित्तीय व्यवस्थापन तर्फ ८५ लाख ६५ हजार ७० रुपैयाँ गरी जम्मा २ अर्ब ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपियाँ खर्च गरेको थियो । वार्षिक समीक्षा कार्यक्रममा उपमहानगरका बिभिन्न वडाका अध्यक्ष, नगर कार्यपालिकका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई सहितको उपस्थिती रहेको थियो ।