हेटौडा / जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा सनिबार दुर्घटना पछि गरिने उद्दार कार्य अर्थात विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ । भिमफेदी गाँउपालिका अन्तरगत वडा नम्बर १ त्रिखण्डी खोलामा गरिएको दुर्घटना सम्बन्धी खोज तथा उद्धारमा सुरक्षा निकायहरुको परिचालन र भूमिका सम्बन्धी सेमुलेशन अभ्यासमा जिल्ला स्थित सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर, जिल्ला प्रहरी कर्यालय मकवानपुरमा कार्यरत प्रहरीहरु र नेपाली सेना गोरख बहादुर गणका सेनाहरुले सवारी दुर्घटनापछि उद्धारमा कसरी परिचालन हुनुपर्छ भन्ने कुरा अभ्यास मार्फत देखाएका थिए ।
प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना गोरख बहादुर गणका गणपति प्रमुख सेनानि गोविन्द राज घिमिरे,जिल्ला प्रहरी कर्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजाल,सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्की,जिल्ला विपद् व्यवस्थापन समितिका विभिन्न कार्यालयका प्रमखहरु लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सड़क दुर्घटना यस्तो अवस्था हो जुन सावधानी पूर्वक प्रयोग गर्न सकेमा वरदान साबित हुन्छ तर लापर्बाही तरिकाले सवारी साधन चलाएमा ठूलो धनजनको क्षती निम्त्याउन सक्छ भन्ने शन्देश प्रबाह गरिएको थियो । मकवानपुर जिल्लामा हुनसक्ने सडक दुर्घटनाहरुबाट धनजनको क्षतिलाई न्युनिकरण गर्नु यस अभ्यासको उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी सेढाईले बताउनु भयो ।
विपद् व्यवस्थापन तथा प्रकोप उद्दारको लागि परिचालित भई आम नागरिकलाई सहयोग गर्नु सूरक्षा निकायहरुको मूख्य जिम्मेवारी रहेको बताउदै प्रजिअ सेढाईले मकवानपुर जिल्लाको बढि सवारी दुर्घटना हुने पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा बढि सडक दुर्घटना हुनेहुदा यो सचेतनाले कम गर्न सहयोग पुग्ने बताउनु भयो । आ.ब. ०८०÷०८१ मा मात्र २७ वटा सडक दुर्घटना हुँदा ४९ जना धाईते भई ७ जनाको मृत्यु भएको बताउदै प्रजिअ सेढाईले सवारी चालकले बाटो र सवारीको अबस्थालाई समयमै बुझन सके दुर्घटना कम हुने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सुरक्षा समिति एवं विपद् व्यवस्थापन समितिको समन्वय तथा निर्देशन अनुसार संयुक्त सुरक्षा फौजका टिम उद्धारकर्मी टोली, विपद् उद्धारका सरसामान सहित घटना स्थलमा तैनाथ भएर डेमो प्रस्तुत गरेका थिए । घटनास्थलमा घाईतेहरुको अवस्थाको वर्गिकरण गर्दै उद्धार कसरी गर्ने,सामान्य घाईतेहरुलाई दुर्घटना स्थलबाट नजिकै रहेको संयुक्त सुरक्षा फौजको मेडिकल प्वाईन्ट सम्म कसरी ल्याउने,सामान्य किसिमका घाईतेहरुको प्राथमिक उपचार पश्चात र अन्य गम्भिर प्रकृतिका घाईतेहरु समेतलाई थप उपचारको लागि एम्बुलेन्स मार्फत कसरी स्वास्थ्य संस्था पठाउने, खतरायुक्त अवस्थामा रहेका घाईतेहरुलाई संयुक्त सुरक्षा फौजको टोलीले साई एङ्गल रिस्क्यु मेथडबाट कसरी राजमार्ग सम्म लैजाने,वाटर रिभरकसिङ्ग ड्रिल जस्ता कार्यहरुलाई प्रस्तुत गरिएको थियो