हेटौंडा \ सहयोगी युवा समाज हेटौंडा १५ को आयोजनमा सोमबार चाडपर्व लक्षित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सस्थाका अध्यक्ष शान्ति लोप्चन स्याङ्बोको सभाअध्यक्षता तथा वडा १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
चाडपर्व नाममा हुने देखासिखी, तडकभडक रुपमा पर्व नमनाउन सहभागितहरुले आग्रह गरेका थिए । आर्थिक भारलाई सहज बनाउने र चाडपर्वको नाममा हुने अपराध, घटना लाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा गैसस महासंघ मकवानपुर जिल्लाका अध्यक्ष रमिला सापकोटा, निवर्तमान वडाध्यक्ष महारत्न लामा, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर, टोल विकास संस्था नगर समन्वय समितिका सचिव हर्करत्न लामा, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लीला कुमार घलान लगायत विभिन्न संघ संस्थाहरुको प्रमुखको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा स्तरीय नागरिक समाज, धार्मिक संघ सस्था, सहकारी संस्थाहरु, टोल विकास संस्थाहरु सामुदायिक वन समुहहरु निर्वाचित जनप्रतिनिधिहरु, सुरक्षा निकाय, स्वास्थ्य संघ र संस्था लगायतको प्रतिनिधिको उपस्थिति रहेको थियो ।