राक्सिराङ \ मकवानपुरको राक्सिराङ ७ का ५६ वर्षिया सेतीमाया प्रजाको दशैंको बेलामा मुहारमा खुसी छाएको छ । दशकौ देखी टुकी बत्तिको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको छ । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भन्नुभयोः अब घरभरी झिलिमिलि बक्ति बल्नेछ ।
डोको लिएर सोलार लिन पुग्नुभएका घिराङ निवासी सुर्य बहादुर प्रजा घरमा सोलार जोड्ने भएपछि आफु ज्यादै खुसी भएको बताउनुभयो । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफु मात्र नभई परिवार सबैमा खुसी छाएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । ७ नम्बर वडाको घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक÷एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । चेपाङ समूदायको बाहुल्यता रहेको राक्सिराङको वडा ७ र ९मा अझै विजुली बत्ति नपुगेको अवस्था रहेको अध्यक्ष मल्लले बताउनुभयो । चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ र सोही अनुरुप पालिकाले सोलार वितरण गरीएको अध्यक्ष मल्लले भन्नुभयो ।
उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मुल्य लागतमा सोलार सेट प्रदान गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । पाँच वटा बत्ति, मोवाईल चार्जिङ, र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको मल्लले बताउनुभयो । हामीले उक्त सोलार उपभोक्ताको घरमै फिटिङ समेत गरिदिने छौं, मल्लले भन्नुभयो ।
सोही क्षेत्र विकट रहेकाले विजुली विस्तारमा नभएको अवस्था छ, हामीले ठेक्का लगाइ सकेका छौं चैत्र भित्रमा विजुली विस्तार हुनेछः प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भन्नुभयो । अन्य वडामा विजुली विस्तार भए पनि वडा ७ र ९ मा अझै विजुली पु¥याउन नसकेको उहाँले बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा सुधार रहोस् भनी सोलारको उज्यालोमा बालबालिका पढ्न सहज रहने उहाँले बताउनुभयो ।
वडामा सोलार जडानले गाउँनै झिलिमिली हुने वडा अध्यक्ष राम बहादुर प्रजाले बताउनुभयो । वडाबासी मट्टितेलको टुकी बालेर जीवन बिताइरहेका थिए, सोलारले उनीहरुमा खुसी छाएको छ, वडाध्यक्ष प्रजाले बताउनुभयो । टुकीमा पढ्दा स्वास्थ्यमा समस्या आउनुका साथै खर्चपनि बृद्धि हुने गर्दथ्यो अब भने सोलारबाट उज्यालोमा पढ्न र घरायसी काम गर्न सहजता रहने वडाध्यक्ष प्रजाले बताउनुभयो ।
सोलार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडाध्यक्ष राम बहादुर प्रजा, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, योजना शाखा अधिकृत चुन नारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।