बकैया \ मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जना यात्रुहरु घाइते भएका छन् । हेटौंडाबाट छत्तिवन जाँदै गरेको ना १ ख ३९८८ नम्बरको बस आफै अनियन्त्रित भई सडक १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।
दुर्घटना पश्चात घाइतेको उद्दार गरी हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता भण्डारीले बताउनुभयो । घाइते हुनेमा बकैया ६ सुधा निवासी सुभद्रा सुनार, उहाँको ६ वर्षिय छोरा सफल विक, सोही स्थान बस्ने सौगात लामा र उहाँको ६ वर्षकै छोरी शारदा बोलन, बकैया ७ बस्ने सुस्मा माझी, प्रतिमा माझी, राम प्रसाद चौलागाई, रविन बल,चन्द्र माया रुम्बा, उहाँको छोरी वर्षा रुम्वा रहेका छन् । उहाँको अवस्था केहीको गम्भीर भएता पनि अधिकांश मध्यम रहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
त्यस्तै, घाइते हुनेमा सोही स्थान बस्ने वीर बहादुर रुम्बा, वडा ५ बस्ने सुनिता सिलवाल, लक्ष्मी थिङ, कल्पना गोले र उहाँको ५ वर्षका छोरा श्रीयन जिम्बा, दिलकृष्ण राई, तुलसा नेपाली, गीता विक, वडा ७ बस्ने लीला राई, रिस्ता स्याङ्तान, तुले बल, वडा बस्ने नीमा थिङ, चिनीमाया बोम्जन, मंगलराज माझी वडा ७ बस्ने सुनिता भोम्जन, डोल्मा लोप्चन, बर्दिया घर भएका अशिम थारु र विशाल थारु रहेका छन् ।
त्यस्तै घाइते हुनेमा बकैया वडा ५ बस्ने तुलसा माझी, राधिका माझी, सवित्रा चौलागाई, उर्मिला राई, जानुका माझी, उहाँको छोरी ६ वर्षकी अन्जली माझी, छोरा ३ वर्षको रोमियो माझी र एक जना बोल्न नसक्ने गरी ३६ जना घाइते भएको प्रवक्ता भण्डारीले बताउनुभयो । घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।