हेटौंडा \ राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले आयोग सँग सम्बन्धित विषयमा छलफल तथा प्रस्तुतीकरण गरिएको छ । हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले आयोगको परिचय, रुपरेखा, गठन प्रणाली, आयोगले गर्नुपर्ने जिम्मेवारीहरुबारे जानकारी दिएका थिए ।
उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई आवास वा कृषिको लागि जग्गा व्यवस्थापन गरिनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए । उनले यससँगै अव्यवस्थित बसोबासको व्यवस्थापन र विगतका आयोगले गरेका कामको अध्ययन र त्यसको निरुपण गर्न तर्फ हाम्रो जिम्मेवार रहेको बताए ।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आयोगबाट हालसम्म भएका कामहरुबारे जानकारी गराएका थिए । उनले विभिन्न कार्य विधि तर्जुमा र प्रणालीहरुको निर्माण गरिएको बताए ।
उनले कामबारे आयोगले जारी गरेको सुचना पछ स्थानीयतहले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गरि आयोगलाई उपलब्ध गराउनुपर्ने बताए । उनले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि जग्गाको प्रकृति/जग्गा रहेको स्थानीय तहको क्षेत्र आवाद कमोतको अवधि सुनिश्चित गर्ने/जग्गा छनौट गर्ने काम स्थानीय तहले गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, आयोगका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई लगायतको उपस्थिती रहेको थियो ।