हेटौडा / मकवानपुर प्रहरीले बिकट गाउँहरुमा लगाइएको गाँजा फडानी कार्यलाईतिब्रता दिएको छ । प्रहरीले चार दिनको अवधिमा एक सय साठी बिगाहा जमिनामा लगाएको गाँजा फडानी गर्न सफल भएको मकवानपुर प्रहरी प्रबक्ता डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर–४ मादल सेन, रतुवा,वडा नम्बर–९को कोल्टे, धुरकोट, कात्तिके, अठारे गरी यस क्षेत्रमा ४ बिगाह क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिएको भण्डारीले बताउनु भयो । यसैगरी राक्सीराङ गाउँपालिका वडा नम्बर–३ सरी खेत,फलासेमा २० बिगाह १० कठ्ठा, कैलाश गाउँपालिका वडा नम्बर–३ को कालिकाटार,आपचौर,भोगटार,र वडा नम्बर–४ को तोकुवा, धुस्राङ्, देउतिसमा १३ बिगाह ५ कठ्ठा लागूऔषध गाँजा फडानी गरेको उहाँले बताउनु भयो ।
कार्तिक १२ गते देखी सुरु गरीएको गाँजा फडानी अभियान अन्तरगत पहिलो दिन कात्तिक १२ गते ३ बिगाहा, ८ कठ्ठा, १३ गते ६१ बिगाहा, ३ कठ्ठा र १४ गते ५७ बिगाहा १५ कठ्ठा गाँजा फडानी गरिएको हो । गएको मंगलबार राक्सिराङ–९ रिचोपुङ, सिमलटार लोजा, वाङराङ, खोल्सी, रुन्चेदाङ, चेउराङ क्षेत्रमा लगाएको २१ बिगाहा, राक्सीराङ– १ र २ मा २७ बिगाहा ५ कठ्ठा फडानी गरिएको छ । त्यस्तै कैलाश ८ को वाक्सिराङ ,सतपुर, पाख्रे, र वडा नम्बर ७ को बिलाउने, देरवारी लगायत क्षेत्रमा ९ बिगाहा १० कठ्ठा फडानी गरिएको बताईएको छ ।