हेटौंडा \ लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्तिक १५ गतेबाट विविध कार्यक्रम सहित सुरु भएको जेसीज सप्ताह शनिबार सम्पन्न भएको हो । हेटौंडा लेडी जेसीज वर्ष २०२३ का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षमा तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा जेसीजले जेसीज सप्ताह अन्तर्गत ८ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको समापन पुरस्कार वितरण तथा समापान संयोजक इन्दिरा बानियाँले गरेकी थिइन।
समापान तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनील मोक्तान, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, जेसीज सप्ताह मुल संयोजक अस्मिता न्यौपाने, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जेसीज निवर्तमान अध्यक्ष कविता पौडेल, पुर्व अध्यक्ष सुशीला पौडेल,विभिन्न शाखाका जेसीज प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो।
जेसीज सप्ताह अन्तरगत १५ गते रक्तदान कार्यक्रम, सोही दिन स्व. बुद्धरत्न शाक्य स्मृति खुला वक्तृत्वकला प्रतियोगिता, १६ गते खाद्यान्न वितरण र बैठक सञ्चालन प्रणाली तालिम, १७ गते स्लो स्कृटी रेस र स्व. बासुप्रसाद पौडेल स्मृति शैक्षिक सामाग्री हस्तान्तरण, १८ गते सरसफाई समाग्री हस्तान्तरण कार्यक्रम र जेसीज सप्ताह समापन कार्यक्रम गरिएको थियो ।