हेटौंडा \ हेटौंडामा साँझ सूर्यको आराधना, उपासना र पूजा गरी आइतबार छठ पर्व मनाइएको छ । हेटौंडा १ राप्तितटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । छठपुजा गर्न आउनेहरु मात्र होइन छठपर्व हेर्न आउनेहरुको पनि निकै घुईचो लागेको थियो ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइएको हो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राप्तिखोला किनारमा बनाइएका छठ घाटमा पूजा सामग्रीसहित वर्तालु तथा भक्तजन पुगेका थिए ।
पूजासामग्रीले खोला किनार भरिएका छन् । छठमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाइन्छ । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुनेछ ।
राप्ति क्षेत्रमा वर्तालु तथा भक्तजनहरुको सरक्षामा बाक्लो प्रहरी परिचालन गरिएको छ भने स्वास्थ्य क्षेत्रका स्टलहरु समेत राखिएको थियो ।