हेटौंडा / बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली समाज अराजकता तर्फ गइरहेको बताउनु भयो । मंगलबार हेटौंडामा आयोजित प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको चौंथो बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले देशमा भइरहेको संक्रमणकालिन अवस्थाले अस्थिरतालाई निम्ता दिएको र सो अस्थिरताबाट समाजमा अराजकता सृजना भएको बताउनु भयो ।
उहाँले राजनीति र प्रशासनका लागि संक्रमण र अस्थिरता हानीकारक हुने बताउनु भयो । अराजकताका कारण राज्यका संरचनाहरु कमजोर बन्ने र देश संकटमा फस्ने भएकाले बेलैमा समस्या समाधानमा जुट्नु पर्ने भन्दै उहाँले ‘राजनीति र प्रसाशनमा संक्रमण राम्रो नमानिनेमा जोड दिनु भयो । तन्किरहेको संक्रमणले अस्थिरता जन्मन्छ । अस्थिरताले अराजकता । अहिले समाज अहिले अराजकता तिर गइरहेको छ ।’ उहाँले भन्नु भयो, ‘अराजकताले राज्यका संरचना कमजोर बन्छन् र देशमा संकट निम्त्याउँछ । उक्त संकटको अन्त्यका लागि बेलैमा समाधान गर्नुपर्छ । त्यसका लागि समस्याहरु भित्र समाधान खोज्न जरुरी रहेको छ ।’
समाजको विकास क्रमसंगै विकृतिहरु निम्तीएकाले हाल देशमा विकृतिको पराकाष्ठाका रुपमा भ्रष्टाचारको कायम भएको र त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउदै उहाँले प्रदेश लोक सेवा आयोगले निश्पक्ष र स्वतन्त्र रुपमा काम गरेर देशको पद्धतिलाई जोगाउने काम गरेको बताउनु भयो । आयोगमा पनि केही समस्याहरु भएकाले त्यसको सुधारसंगै व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताउदै ‘अहिले नियुक्त भए लगत्तै सरुवा माग्ने कर्मचारीहरुको लर्को छ । यो गलत हो । त्यसलाई आयोग र सरकारको समन्वयमा समाधान गर्नुपर्छ उहाँले बताउनु भयो । आयोगको सहमतीमा मात्र सरुवा हुने व्यवस्था गर्ने हो भने उक्त समस्या समाधान हुन्छ ।’ उहाँले बताउनु भयो ।
बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले आयोगबाट सम्पादन भएका कामहरु,आ.ब २०७९÷८० को अबधिमा ८२ वटा बढुवा सुचना, ९ वटा आन्तरीक अन्तर सेवा बिज्ञापन, १० वटा अन्तरसेवा बिज्ञापन,५४ वटा खुल्ला प्रतियोगितात्मक र ६१ वटा समाबेशी समुहका गरी एक सय ३४ वटा बढुवा सुचना तथा बिज्ञापनहरु प्रकाशन गरी उक्त बिज्ञापनहरुबाट ९ सय ५० पदका लागी दरखास्त माग गरिएको बताउदै प्रदेशमा हालसम्म सात सय १३ जनालाई स्थायि नियुक्ती सिफारीस गरिएको बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्री युवराज दुलाल,उधोग बाणिज्य,भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार,पुर्ब मुख्यमन्त्री डोरमणी पौडेल,हेटौडा उपमहानगरपालीकाका मेयर मिना लामा,आयोगका सदस्यहरु शर्मिला नेउपाने,सुर्दशन प्रसाद ढकालले बागमती प्रदेश लोक सेवा आयोगले आ.ब २०८०÷८१ मा भएगरेका गत्तिबिधिहरुका बारेमा चर्चा गर्नु भएको थियो ।