हेटौंडा \ वाणिज्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको संगठनको रुपमा रहेको यूनिकम नेपाल मकवानपुरको आयोजनामा शनिबार सामूहिक सौदावाजी तालिम भएको छ । नेपाल वितरक महासंघका केन्द्रीय उपाध्यक्ष विजयकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा युनिकम नेपालका मकवानपुर अध्यक्ष लेखनाथ गैरेको सभाध्यक्षतामा तालिम भएको हो ।
तालिममा मकवानपुरमा विभिन्न व्यापार क्षेत्रमा कार्यरत ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमलाई श्रम तथा रोजगार कार्यालय मकवानपुरका प्रमुख छन्द नारायण श्रेष्ठ, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र बहादुर पौडेल, महासचिव एल.एन दाहाल, बोम बहादुर डिसी लगायतले वाणिज्य क्षेत्रका व्यवसायमा कसरी बार्गेनिङ गर्ने र आफ्नो वस्तु बढी बिक्री गर्न सकिने भनी तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष गजेन्द्र बहादुर पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, श्रम तथा रोजगार कार्यालयका प्रमुख छन्द नारायण श्रेष्ठ, केन्द्रीय महासचिव एल.एन दाहाल, केन्द्रीय सदस्य दामोदर पाठक, डिल व्यवसायी संघका महासचिव राजेन्द्र लामछिाने, युनिकम नेपालका बागमती प्रदेश अध्यक्ष खेम चौलागाई, नाम्सका केन्द्रीय सदस्य भुपेन्द्र अधिकारी, प्रशिक्षक बोम बहादुर डिसीलगायतको आतिथ्यता रहेको थियो ।
युनिक नेपालले व्यापार व्यवसाय क्षेत्रमा कार्यरत कर्मचारीहरुको हकहितमा काम गर्दै आइरहेको छ । यसमा व्यापार व्यवसाय क्षेत्रमा कार्यरत कर्मचारीहरु आवद्ध रहेका छन् ।