हेटौडा / बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत बिहिबार एक दिवाशिय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । प्रहरी नायब महानिरिक्षक किरण राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि राणाले लैङ्गिक हिंसा विरुद्ध सुरक्षा निकायबाट भए गरेका कृयाकलापहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाले हिंसा जन्य गत्तिबिधि रोक्न प्रहरी सदैब लागीपरेको बताउदै एकिकृत सेवाका बारेमा,लैगिंक हिंसाका पिडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानूनी सल्लाह उपलब्ध गराउने र पूर्नस्थापनाको लागि पहल गर्ने कार्य प्रदेश प्रहरी कार्यलयबाट गरिरहेको बताउनु भयो ।
उहाँले मातहतका १० वटा जिल्लाहरुमा लैंगिक तथा घरेलु हिंसा सँग सम्बन्धित अपराधको अनुसन्धान गर्नका लागि अपराध अनुसन्धान शाखा र महिला तथा बालवालिका सेवा केन्द्रको स्थापना गरी तालिम प्राप्त जनशक्ति परिचालन गरिएको प्रहरी कर्मचारीहरुलाई मानव वेचविखन, महिला हिंसा, घरेलु हिंसा, लैंगिक हिंसा,मानव अधिकार उलङ्घन लगायतका बिषयमा तालिमको लागि तालिम प्रदायक निकाय सँग समन्वय गरी तालिम प्रदान गरिदै आएको बताउनु भयो । प्रहरी द्वारा सञ्चालित कार्यक्रमहरुमा सक्रिय सहभागिता समन्वय र सहकार्य,पिडितलाई परामर्श र सहयोग प्रदान,पिडतको उद्दार तथा पुनस्थापनामा सहयोगका लागी नागरीक समाजहरुबाट पनि अपेक्षा रहेको बताउनु भयो ।
“ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता,,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ”भन्ने नाराका साथ यो बर्ष अभियानका साथ थालनि गरिएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत भएको अन्तरकृयामा प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभूमी,लैंगिक,घरेलु हिंसाको परिचय, प्रकार, कारण,कानुनी व्यवस्था र सहायता जस्ता बिषयमा प्रस्तुती दिनु भएको थियो ।
उहाँले लैंगिक हिंसा तथा घरेलु हिंसा घटना प्रदेशगत रुपमा डरलाग्दो तथ्यांक रहेकाले यसको समाधानको लागी सबै तहबाट पहल हुनुपर्नेमा जोड दिनु भयो । उहाँले लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधी २०७८ वमोजिम बागमती प्रदेशका १० वटै जिल्लाहरुमा जिल्लास्तरिय १०,महानगरपालिकास्तरिय १, नगरपालिकास्तिरय २५,गाउपालिकास्तरिय-६१,वडास्तिरय-७ सय ७५ गरी जम्मा ८ सय ७२ वटा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको बताउनु भयो ।
बागमती प्रदेशका १० वटा जिल्लाहरुमा सामुदायिक प्रहरी मार्फत लैंगिक, घरेलु हिंसा सँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु दैनिक रुपमा सञ्चालन गरिरहेको समेत बताउनु भयो । बागमती प्रदेशमा चालु आ।ब। २०८०।०८१ मा ४ सय २२ वटा घरेलु हिंसा र ३ सय ६४ लैंगिक हिंसाका घटना भएको बताउनु भयो ।
कार्यक्रममा मकवानपुरका महिला संजाल प्रतिनिधिहरु,नागरीक समाजका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई प्रहरी नायब उपरिक्षक मधु थापाले समन्वय सहकार्य गर्नु भएको थियो ।