हेटौँडा \ बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खडकाले हेटौडा–६ रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको विहिवार अवलोकन गरेकी छिन् ।
मन्त्री खडकाले वन समूहको क्षेत्रभित्र डावर नेपालको सहयोगमा भैरहेको विभिन्न गैह्रकाष्ठ वनपैदावारको स्थलगत अवलोकन गरेकी हुन्। अवलोकन पछि मन्त्री खड्काले समूहले गरेका यस्ता कार्यले स्थानीय क्षेत्रमै रोजगारी सिर्जना गर्नुको साथै आय आर्जन हुने काममा मन्त्रालयले समेत सहयोग रहने बताइन् ।
मन्त्री खड्का सँगै अवलोकन गर्ने कार्यमा डिभिजन वन कार्यालय, ललितपुरका डिभिजनल वन अकिधृत राम कुमार भण्डारी, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, डावर नेपालका एशोसियट्स मेनेजर विष्णु केसी,समूहका अध्यक्ष सूर्य बहादुर घलान, सचिव रजनी गौतम, लेखा संयोजक भानु प्रताप बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल, समूहका उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।
समूहले डावर नेपालसँगको सहकार्यमा वनक्षेत्र भित्र कुरिलो, जामुन, टटेलो, खमारी, छतिवन लगायतका करिव ५ लाख विरुवाको वृक्षारोपण गरेको छ । समूहले करिव ७० हजारको कुरिलो विक्री समेत गरिसकेको छ ।