हेटौँडा \ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा ६६ वटा उजूरीहरु दर्ता भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको कार्यक्रममा आयोग बागमती प्रदेशका निमित्त प्रमुख रेवा रेग्मीले सबैभन्दा बढी काठमाण्डौं जिल्लाबाट कूल ४४ थान उजूरीहरु दर्ता भएको, मकवानपुर जिल्लाबाट ६, ललितपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र चितवन जिल्लाबाट दुई-दुई वटा, भक्तपुर र सिन्धुपाल्चोक जिल्लाबाट ३-३ वटा,दोलखा र रामेछाप जिल्लाबाट एक-एक वटा गरी ६६ वटा उजूरीहरु दर्ता हुन आएको बताउनु भयो ।
यस आर्थिक वर्षमा रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट कुनै पनि उजूरी दर्ता नभएको र गत आर्थिक वर्षमा वक्यौता रहेका ५ सय ९६ थान उजूरी कार्यालयमा विचाराधीन अवस्थामा रहेको उहाँले बताउनु भयो ।
आयोगको प्रदेश कार्यालयमा आ.व २०७९/०८० मा मा परेका उजूरीहरुको सन्दर्भमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी ३० वटा, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी ७ वटा, यातना र दुव्र्यवहार सम्बन्धी ९ वटा, महिला अधिकार सम्बन्धी ४ वटा, बाल अधिकार सम्बन्धी ६ वटा, बेपत्ता र जेष्ठ नागरिक सम्बन्धी एक एक वटा, अपाङ्गता सम्बन्धी ३ वटा, वातावरण सम्बन्धी एक वटा तथा आदिवासी जनजातिको अधिकार सम्बन्धी २ वटा र व्यक्ति हराएको तथा दुव्र्यवहार भएको २ जना गरी कूल ६६ वटा उजूरीहरु दर्ता हुन आएको उहाँले बताउनुभयो ।
हामीकहाँ प्राप्त उजूरीहरुको प्रकृति हेर्दा जीवनको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा सभा सम्मेलन गर्न पाउने अधिकार, स्वास्थ्य तथा रोजगारी, महिला अधिकार, घरेलु हिंसा, बाल अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको जेष्ठ नागरिकको अधिकार लगायतका विषयसँग सम्बन्धित जस्ता उजुरीहरु आएका छन् रेग्मीले बताउनु भयो ।
आयोगको आवमा कार्यालयले एक सय दश वटा परामर्श सेवा उपलब्ध गराएको तथा बागमती प्रदेश कार्यालय स्थापना भएपश्चात १३ वटा जिल्लाहरुमा मानव अधिकार संरक्षण, सम्वद्र्धनको लागि उजूरी लिने, अनुगमन र अनुसन्धान गर्नेदेखि उजूरीलाई निर्णायार्थ आयोगमा पेश गर्ने लगायतका कार्यहरु निरन्तर र अविराम रुपमा भईरहेको र पुराना वक्यौता उजूरी अनुसन्धानलाई प्रदेश कार्यालयले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।