हेटौंडा \ उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले गरेको ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।
एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजात पथमा मंगलबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म चलेको फेयर विद्यार्थी तथा अभिभावकहरुले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो जिज्ञासा समाधान गरेका थिए । विद्यार्थीहरुले यस खालको फेयरबाट कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट सबैखालको जानकारी लिन पाउँदा फलदायी भएको प्रतिक्रिया दिए ।
फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छ । पाँच देशका १७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई वान टु वान काउन्सेलिङ गरेका थिए । ‘कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यक जानकारी लिनलिए, यसबाट विद्यार्थी तथा अभिभावकहरु धेरै नै लाभान्वित भएका छन्’–एक्सपर्ट हेटौंडाका शाखा प्रमुख अच्युत चालिसेले भने ।
यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थितिरहेको थियो । कार्यक्रमको समापनमा एक्सपर्ट एडलिड अष्ट्रेलियाका निर्देशक रुपक बर्तौलाले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो स्वरुप वैज्ञानिक महाविर पुनको पुस्तक प्रदान गरेका थिए । कार्यक्रममा एक्सपर्टका कन्ट्री म्यानेजर विकास ज्ञवाली, एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।