हेटौडा / आज बाट कलि संवत् ५०८९ शुरू भएको छ। आजदेखी द्वापर युगको समाप्त भै कलियुग प्रारम्भ भएको हो । युगहरू मध्ये सबै भन्दा छोटो यो कलियुग आफैको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ। यस मध्ये अहिले सम्म जम्मा ५ हजार ८८ वर्ष बितेको छ। अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय १२ वर्ष बाँकी छ। चलन चल्तिको २०८० साल मंसिर महिनाको २७ गतेका दिन वैदिक नववर्ष ५०८९ ऐन्द्राग्नं युगम् ९ १०, इद्वत्सर ९४ ९ चान्द्रस् राक्षसस् संवत्सर ९४९०, उदगयनम्, शिशिर ऋतु, तपः मास, शुक्ल प्रतिपदाका दिनबाट वैदिक नयाँ वर्ष९कलि संवत्सर ५०८९० प्रारम्भ भएको छ। सधैँ यसैगरि हुन्छ।
वैदिक नव वर्ष ५०८९ प्रारम्भ
द्वापर युगको समाप्त भै कलियुग प्रारम्भ भएको ५०८८ वर्ष पुरा भई आज बाट कलि संवत् ५०८९ शुरू भएको छ। युगहरू मध्ये सबै भन्दा छोटो यो कलियुग आफैको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ। यस मध्ये अहिले सम्म जम्मा ५ हजार ८८ वर्ष बितेको छ। अब कलियुगको आयु ४ लाख २६ हजार ९ शय १२ वर्ष बाँकी छ। यो सकिँदा पनि प्रलय भै संसार नाश हुने छैन। वातावरण परिवर्तन भै सत्ययुग प्रारम्भ हुन्छ। अन्तरिक्षमा अहिले सप्तऋषि मघा नक्षत्रमा छन्। जब एकै समयमा एकै चोटी तिष्य नक्षत्र सूर्य, चन्द्र, बृहस्पति एउटै राशिमा प्रवेश हुन्छ तेही समयबाट सत्ययुग प्रारम्भ हुन्छ। सप्तऋषिले मघा नक्षत्र प्रवेश गरेर पार गर्दा ४ लाख ३२ हजार वर्ष जान्छ। वैदिक काल गणनाको शुरु त्रुटिबाट उठाई मुहुर्तादि गणना हुन्छ। बराहमिहिर आदिले आर्यवर्तमा प्रवेश गराएको काल गणना विपला, पला देखि घडी आदि हुन् भने पाश्चात्य काल गणना सेकेण्ड, मिनेट, घण्टादि हुन्।
ईरानी मग ब्राह्मणहरूले ईरानतिरबाट ल्याएर फैलाएको अहिले लोकमा चलन चल्तिमा रहेको आर्य भट्ट वराहमिहिरले तयार गरेको यवनी पद्दतीको काल गणना भन्दा वैदिक काल गणना पद्दती फरक छ। कालको सबै भन्दा सानो परिमाणलाई त्रुटि भनिन्छ।
२ त्रुटी = १ लव ।
१५ इदानि = १ एतर्हि ।
२ लव = १ निमेष ।
१५ एतर्हि = १ क्षिप्र ।
१५ निमेष = १ इदानि ।
१५ क्षिप्र = १ मुहुर्त ।
१ मुहुर्त भनेको चलन चल्तिको सबैले बुझ्ने भाषामा ४८ मिनेट भनेको हो।
१ मुहुर्त = २० कला ।
२ पक्ष = १ चन्द्रमास ।
३० मुहुर्त = १ अहोरात्र ।
२ चान्द्रमास = १ चान्द्र ऋतु ।
३ चान्द्र ऋतु = १ चान्द्र अयन हुन्छ, त्यो हो चान्द्र उत्तरायण र दक्षिणायन। २ सौर चान्द्र अयनहरूको १ सौर चान्द्र वर्ष हुन्छ। ५ सौर चान्द्र वर्षहरू = १ सौर चान्द्र युग हुन्छ। यस्तो काल गणना पद्दति वेदान्त ज्योतिष, व्याकरण अष्टाध्यायी, महाभारत, कौटलिय अर्थशास्त्र, शुश्रुत संहिताहरूमा व्यापक उल्लेख छ।
वार्हस्पत्य षष्ठी संवत्सरको र चान्द्र षष्ठी संवत्सर वैदिक पञ्चवर्षात्मक युगको नै अर्को रूप हो। श्रौत-स्मार्त धर्मकर्मका संकल्पहरूमा चान्द्र संवत्सरको नै उल्लेख गर्नु पर्ने वैदिक व्यवस्था छ। वेदान्त ज्योतिषको सिद्धान्तहरूको बीज वेदको मन्त्र संहिता र ब्राह्मण ग्रन्थ हुन्। अथर्ववेदको गोपथ ब्राह्मणमा पनि यो ज्योतिषको गणित छ। मुण्डक्योपनिषद्मा पनि वेदाङ्ग ज्योतिषको क्रमबद्ध उल्लेख छ। वैदिक परम्परामा पाँच-पाँच वर्षका युगहरू छन्। तिनलाई १२-१२ युगहरूको समूहमा समुहिकृत गरेर ती समुहहरूलाई संघयुग भनिन्छ। समुहयुगको नामहरू यस प्रकारका छन्- १. वैष्णव, २. वार्हस्पत्य, ३. ऐन्द्र, ४.आग्नेय,५.त्वाष्ट्र, ६.अहिर्बुध्न्य, ७. पित्र्य, ८. वैश्वदेव, ९. सौम्य, १०. ऐन्द्राग्न, ११. आश्विन, १२. भाग्य ।
वैदिक युगका ५ वर्षहरूः- १. संवत्सर, २. परिवत्सर, ३. इदावत्सर, ४. इद्वत्सर, ५. वत्सर ।
वैदिक वर्षारम्भका दिन तपः शुक्ल प्रतिपदा, उत्तरायण, शिशिर ऋतु प्रारम्भ हुन्छ। वैदिक नभः शुक्ल प्रतिपदामा वैदिक सौर चान्द्रको दक्षिणायन प्रारम्भ हुन्छ। वैदिक नववर्ष आरम्भको दिनमा नै तपः मास, वैदिक आर्तव माघमासको पनि आरम्भ हुन्छ। यी कुरा चल्तिका पात्रमा हुँदैनन्। वैदिक मासहरू तपः-तपस्य, मधु-माधव, शुक्र-शुचि, नभो-नभस्य, इष-ऊर्ज, सह-सहस्य हुन्छन्। वैदिक सहस्य मास समाप्त हुँदा, पूर्व वर्षको संवत्सर पनि तेसै दिन समाप्त हुन्छ र तेसैको भोलीपल्टका दिनबाट वैदिक तपःमास, उत्तरायण, शुक्ल प्रतिपदा हुन्छ। वैदिक बाह्रै मासको शुक्ल प्रतिपदा बाट शुरु भै अमावास्यको दिन समाप्त हुन्छ। यस वर्ष चलन चल्तिको २०८० साल मंसिर महिनाको २७ गतेका दिन वैदिक नववर्ष ५०८९ ऐन्द्राग्नं युगम् - १०, इद्वत्सर -४ ( चान्द्र: राक्षस: संवत्सर -४९), उदगयनम्, शिशिर ऋतु, तपः मास, शुक्ल प्रतिपदाका दिनबाट वैदिक नयाँ वर्ष(कलि संवत्सर ५०८९) प्रारम्भ भएको छ। सधैँ यसैगरि हुन्छ। वैदिक नयाँ वर्षलाई स्वागत छ।