हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघले खेलकुदको नाममा व्यापार महोत्सव आयोजना गएिको भन्दै विरोध जनाएको छ । मउवा संघका अध्यक्ष कृष्ण कुमार अग्रवालले बुधबार पत्रकार सम्मेलन गरेर खेलकुदको नाममा व्यापार मेला हुनु स्वभाविक नभएको बताउनु भयो । उहाँले सरोकारवाला संघसंस्थाहरुलाई मेला रोक्न आव्हान समेत गरेको बताउनु भयो । मउवा संघले खेलकुदको नाम जोडेर व्यापार मेला गर्न लागेको भन्दै बिरोध गरेको हो । कि खेलकुदको मात्र महोत्सव गर्नु परयो होईन भने जसले पायो उसले मेला गरिरहने हो भने महिना महिनामा मेला गरे भै गो नि अग्रवालले बताउनु भयो ।
अहिले बजारको अवस्था संकट ग्रस्त रहेको भन्दै बजारका व्यवसायीहरुले मेला रोक्न मउवा संघलाई आग्रह गरेपछि मउवा संघ मेलाको विपक्षमा उभिएको अध्यक्ष अग्रवालले बताउनु भयो । संघका सदस्यहरुले यो बेला मेला आयोजना गरेर बजारमा झन सुनसान बनाउन लागेको भन्दै मेला बन्द गर्न मउवा संघ मार्फत बिभिन्न संघसंस्थाहरुसँग अनुरोध गरेका छन् । अटेर गरि खेलकुदको नाममा मेला आयोजना गरिए मउवा संघले बजार बन्द देखी विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । उता खेलकुद विकास समितिको आयोजनामा हुन लागेको मेलाका लागी आयोजकले तयारी तीव्र बनाएको छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुने जनाईएको छ ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतितियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशील खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्षहरु अरुणराज सुमार्गी, जीवन काजी मकाजु, कृष्ण कटुवाल, संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।