वीरगञ्ज \ नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को मधेस प्रदेशको पर्सा वीरगञ्जमा नयाँ कमिटि गठन गरिएको छ । शनिबार क्षेत्रस्तरीय बैठक बस्दै कमिटि गठन गरिएको हो ।
वरिष्ठ बजार प्रतिनिधि विश्वराज मिश्रको अध्यक्षता तथा नवीन कुमार सिंहको प्रमुख आतिथ्यतामा भएको बैठकले १३ सदस्यीय कमिटि गठन भएको हो । युनिकम नेपाल वीरगञ्जको अध्यक्षमा विनय अधिकारी, उपाध्यक्षमा रुवी सिंह, सचिवमा अनुजा यादव, सहसचिवमा रानी राय झा, कोषाध्यक्षमा विमलकुमार कर्ण चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भने श्रीकान्त ठाकुर, सञ्जय कुमार चौरसिया, विशाल साह कानु, सञ्जय सहनी, विकास वर्णवाल, सन्नी गिरी, दिलिप कुमार कुर्मी र राहुल कुमार कानु चयन भएका छन् ।
युनिकम नेपाल मकवानपुरका अध्यक्ष लेखनाथ गैरेले युनिकम नेपालको काम, गठनका उद्देश्य र यसको प्रभावकारिताबारे जानकारी दिएका थिए । व्यापार क्षेत्रका श्रमिकहरुको आवाजलाई उठान गर्ने संगठनको रुपमा युनिकम नेपाल रहेको गैरेले बताएका थिए ।
कार्यक्रममा मकवानपुरका अर्गनाईजर रमेश तिमल्सिना, सचिव सुशील पौडेल, कोषाध्यक्ष सपना बराल, सदस्य दीपा परियार, बजारप्रतिनिधि प्रविण कुमार झा, सञ्जय कुमार सिंह लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम युनिकम नेपालको आयोजना तथा मकवानपुर शाखाको व्यवस्थापनमा भएको थियो ।