हेटौंडा \ हेटौंडा उपमहानगरपालिका भित्रका खानेपानीका उपभोक्ताहरुले पानीको महसुल अब अनलाइनबाटनै भुक्तानी गर्नका लागि सहज भएको छ । खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध भएका उपभोक्ताहरुले अब देखि पानीको महसुल अनलाइनबाट भुक्तानी गर्नका लागि सहजता भएको छ ।
हेटौंडा उपमहानगर भित्र रहेको खानेपानी व्यवस्थापन बोर्ड कार्यालय हेटौंडामा खानेपानीको महसुल एनएमबी बैंक मार्फत अनलाइनबाटै भुक्तानी गर्ने सहमति पत्रमा आज हस्ताक्षर समेत भएको छ ।
आम उपभोक्ताहरुलाई पानीको महसुल अनलाइनबाटनै भक्तानी गर्नका लागि आज मंगलबारबाट शुभारम्भ भएको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरको नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा इ एनएमबी एपको उद्धघाटन गरिएको हो । उक्त एप मार्फत खनेपानी उपभोक्ताहरुले आफुलाई पाएक पर्ने समयमा सहजै विल भुक्तानी गर्न सकिने जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख लामाले स्थानीय सरकारले नागरिकहरुलाई स्वच्छ खानेपानी खुवाउने दायित्व रहन्छ सोही अनुरुप हामी लागि रहेको बताईन् । खानेपानीमा छुट दिनुका साथै अब प्रविधिसँग नजिक रहेर भुक्तानीमा सहज हुन थप सहजता अपनाइएको बताइन् ।
कार्यक्रममा बैंकका डेपुटी सिइओ सुदेश उपाध्यायले क वर्गको बैंक रहेकाले आम नागरिकलाई सहजता होस् भन्ने हिसाबले एप्सको प्रयोग गरिएको बताए । उनले अन्य स्थानहरुमा पनि प्रयोग गरि सफलता हासिल गरेकाले यहाँपनि पूर्ण रुपमा कार्यान्वयन गरि सफलता हासिल गरिने बताए ।
कार्यक्रममा वोर्डका अध्यक्ष प्रताप विष्टले वोर्डमा आवद्ध रहेका २७ हजार उपभोक्ताहरुले अब खानेपानीको भुक्तानी सहज रुपमा मोवाईल बैकिङबाट हुने बताए । डिजिटल प्रविधिको प्रयोग बढ्दो अवस्थाले अब भुक्तानीको लागि हामीले यस विधि अपनाइएको अध्यक्ष विष्टले बताए । लाइन बसेर भुक्तानी गर्नाले समय खर्चिलो देखी अन्य धेरै समस्याको अब अन्त्य भएको छ ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, बैंकका क्षेत्रीय प्रमुख उज्वल रिजाल, वोर्डका सदस्यद्धय डा. कृष्ण प्रसाद धिताल र इन्द्र प्रसाद नेपाल, आइकन सफ्टका प्रमुख श्यामकल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।