हेटौंडा \ रोटरी क्लब अफ हेटौंडाले हेटौंडां ६ रामनगरमा रहेको नवनिर्मित शिद्धस्थली रुरल कम्युनिटि अस्पताललाई करिब ७८ लाख मुल्य बराबरको ल्याबका बिभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ । क्लबले रोटरी अन्तराष्ट्रिय अन्तर्गतको ग्लोबल ग्रान्ट अन्तर्गत ७७ लाख ५० हाजर मुल्य बराबरका पाँच थान उपकरणहरु सहयोग गरेको हो ।
मंगलबार हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु दाहालको उपस्थितीमा सामान हस्तनतरण गरिएको थियो । वडा अध्यक्ष दाहालले स्थानीय निकायले गर्नु पर्ने काम शिद्धस्थली रुरल कम्युनिटि हस्पिटले गरिरहेको बताउर्दै यो सामाजिक कार्यमा रोटरी क्लब अफ हेटौंडाको सहयोग प्रति आभार ब्यक्त गर्नु भयो ।
यो सहयोगले स्थानीयहरुले आफ्नै घर आँगनमा उच्च स्तरीय स्वास्थ सेवा पाउने विश्वास व्यक्त गर्नु हुदै अध्यक्ष वडा दाहालले अस्पताल संचालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । रोटरी वल्र्ड फण्ड,रोटरी क्लब अफ प्लाइम्प्टन तथा रोटरी डिष्ट्रिक्ट ११७५ का फाउण्डेसन चेयर रोटरियन सिमन वुडले रोटरी क्लब अफ हेटौंडामार्फत यो सहयोग गर्नुभएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागत राज प्याकुरेलले बताउनु भयो ।
हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण स्वचालित हेमाटोलोजी एनलाइजर, पूर्ण स्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्ध स्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्ध स्वचालित यूरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेशिनहरु रहेको अध्यक्ष प्याकुरेलले बताउनु भयो । रोटरी एक पूर्णतया सेवामुखी संस्था भएकोले शिद्धस्थली रुरल कम्युनिटि हस्पिटलले उक्त उपकरणहरुको माध्यमले बिपन्न बिरामीहरुको उत्कृष्ट उपचार गर्ने बिश्वासका साथ अस्पताललाई सहयोग गरिएको अध्यक्ष प्याकुरेलले बताउनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयस राज पराजुली,प्रस्तावित अध्यक्ष प्रकास ढकाल,उपाध्यक्ष प्रमेश प्रधान,संस्थापक सदस्यहरु,माधव अधिकारी,बिजय कुमार वैद्य,पूर्व अध्यक्षहरु ऋषिराम घिमिर,लेखराज पोखरेल,राम प्रसाद शर्मा,सचिब किशोर पराजुली लगाएतले सामाजिक कार्यमा रोटरी क्लबको सदैब सहयोग रहने कुरामा जोड दिनु भयो । शिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालको तर्फबाट सल्लाहकार समित सदस्यहरु रमेश खतिवडा,गुञ्ज बहादुर नेउपाने,शिव प्रसाद खनाल,इन्द्र प्रसाद खतिवडा, शोभा खतिवडा,श्रीराम खतिवडा,रामहरि खतिवडा,किर्तिमान श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो । उहाँहरुले रोटरी क्लबको सामाजिक अभियान प्रति आभार ब्यक्त गर्नु भएको थियो ।