हेटौंडा \ हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको आज सम्पन्न साधारणसभामा पत्रकार देखी विभिन्न विधामा ८ जनालाई सम्मान गरिएको छ।
साधारणसभामा पत्रकारमा प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, उत्कृष्ट बचतकर्तामा अर्जुन प्रसाद चौलागाईं, उत्कृष्ठ साक्षी ऋण तर्फ राज कुमार दाहाल र सरिता सुब्बा, जेष्ठ सेयर सदस्यमा चिन्तामनी घिमिरे कृषक सेयर सदस्यमा भवानी राई, जीवन सापकोटा र व्यवस्थापक गोमा लामिछानेलाई सम्मान गरिएको थियो ।
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन,कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगर सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव रोम बहादुर न्यौपाने, पूर्व अध्यक्ष राजेन्द्र चौलागाईं, सचिव विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले ४ वर्षीय कार्यकाल लागि नयाँ संचालन समिति समेत चयन गर्नेछ ।