हेटौंडा \ हेटौंडा अटोमोवाईल्स एशोसिएसनको २३ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन शनिबार हेटौंडामा भएको छ । एशोसिएसनका अध्यक्ष दामोदर प्रसाद अटलको सभाध्यक्षता तथा नाडा अटोमोवाईल्स एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष डा. ध्रुव बहादुर थापाको प्रमुृख आतिथ्यतामा सभा भएको थियो ।
सभाले ऋषिकुमार ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा धर्मराज धिमाल, उपाध्यक्षमा जितेन्द्र तिवारी, महासचिवमा दीपेन्द्र कुमार उप्रेती, सचिवमा सञ्जय गुप्ता, कोषाध्यक्षमा श्यामप्रसाद कंडेल चयन भएका छन् ।
यसैगरी एशोसिएसनको सदस्यहरुमा भने उत्तम भण्डारी, मुनाल राज न्यौपाने, डिल्लीराम रिजाल, सुजन उप्रेती, देवनारायण दुलाल, विकास नेपाल र प्रकाश भट्टराई चयन भएका छन् । सभाले एशोसिएसनको उत्तरमा संयोजकमा जयराम केसी खत्री, पूर्वमा ईन्द्र मोक्तान, पश्चिममा लक्ष्मण कार्की, दक्षिणमा दीपेश खड्गी चयन भएका छन् ।
सभाको अवसर पारेर एशोसिएसनको सचिवालय भवनको उद्घाटन गरिएको छ । हेटौंडा ११ सिमलटारमा निर्माण गरिएको दुई तले भवनको केन्द्रीय अध्यक्ष डा.ध्रुव बहादुर थापाले उद्घाटन गरेका हुन् । ४५ लाख लागतमा निर्माण गरिएको भवनमा भुई तलामा पाँच वटा सटर निकालिएको छ भने माथिल्लो तलामा सचिवालयका प्रशासिनक काम गर्न तयार पारिएको एशोसिएसनका पूर्व अध्यक्ष सागर सापकोटाले बताए ।
सभामा केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्र कुमार उप्रेती, सह कोषाध्यक्ष पंकज अग्रवाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिं रानाभाट, लुम्बिनी अटोमोवाईल्स एशोसिएसन नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराई, जानकी अटोमोवाईल्स एशोसिएसन नेपालका अध्यक्ष केदारप्रसाद अग्रवाल, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष आनन्दराम पौडेल, एशोसिएसनका पूर्वअध्यक्षहरु, सुरेश कुमार श्रेष्ठ, नारायण प्रसाद कंडेल, सुदेश कुमार श्रेष्ठ र सागर सापकोटा, पत्रकार महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।