हेटौंडा \ सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट चयन भएका छन् । शनिबार भएको संस्थाको १९औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट विष्ट आगामी ३ वर्षका लागि विष्टको अध्यक्षतामा २४ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले संस्थाको उपाध्यक्षमा विनोद लामिछाने, सचिवमा रमिला सापकोटा, सहसचिवमा महेश्वरमान श्रेष्ठ र कोषाध्यक्षमा रामप्रसाद कोईराला चयन भएका छन् । यस्तै सदस्यमा नवराज कोईराला,केशव प्रसाद न्यौपाने, अच्युत राज मिश्रलगायत १८ जना सदस्य निर्विरोध चयन भएका छन् ।
संस्थाका अध्यक्ष राम विष्टको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिसस मकवानपुरका निर्वतमान प्रमुख एवम् संस्थाका मानार्थ सदस्य रघुनाथ खुलाल, जिसस मकवानपुरका सदस्य वीरेन्द्रकुमार लामा, संस्थाका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू, आजिवन सदस्यहरू, संरक्षकहरू, सल्लाहकारहरू, मानार्थ सदस्यहरू, संस्थापक, कानुनी सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, लगायत विभिन्न राजनैतिक एवम् सामाजिक संस्संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।