हेटौडा / मकवानपुर उद्योग वाणिज्य संघको ५४ तथा ५५ औं वार्षिक साधारण सभाले मेरो अध्यक्षतामा वर्तमान कार्यसमितिलाई जिम्मेवारी दिएपश्चात जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासका गतिविधिहरुमा केन्द्रित रही संघको गरिमालाई उच्च राख्ने प्रयत्न गरेको छु । आफ्नो ज्ञान, वृद्धि, विवेकले भ्याएसम्म कर्तव्यपालन गर्ने प्रयास गरेको छौं । आगामी दिनमा पनि यस संस्थाको गौरवलाई बढाउन प्रतिबद्ध रहेको व्यहोरा निवेदन गर्दछु । संघले आफ्नो स्थापना कालदेखि नै यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण गर्दै समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसंग सहकार्य गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल र सुदृढ बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
कोभिड महामारीको कारण स्थगित व्यापार मेला गत वर्ष २०७९ माघ ११ देखि २३ गतेसम्म हेटौंडामा आयोजना भएको सबैमा अवगत नै छ । उद्योग वाणिज्य संघद्धारा आयोजना हुने मेला र अन्य व्यापार मेला संग असम्बन्धित संघसंस्थाद्धारा आयोजना हुने मेलाको उद्देश्य, प्रकृति र असर फरक९फरक हुन्छन् । उद्योग वाणिज्य संघले आयोजना गर्ने मेलामा सम्पूर्ण व्यापारसंग सम्बन्धित संघसस्थाहरुको सक्रिय सहभागिता हुने तथा स्थानीय उत्पादनको प्रवद्र्धन, व्यवसायी र उपभोक्ता थप चलायनमान भई वस्तु, सेवा तथा उत्पादनहरुको बजारीकरणमा सहजता आउने विश्वास लिएका छौं ।
यस पटक असम्बन्धित संस्थाद्धारा आयोजित व्यापार मेला रोकिनुपर्ने मान्यताका साथ स्वीकृत दिने निकायदेखि सबै सरोकारवालाहरु संग संघले पटकपटक छलफल, भेटघाट, ज्ञापनपत्र पेशलगायत पत्रकार सम्मेलनसम्म गरेका थियौं । संघको निरन्तर विरोध र वार्ताको प्रतिफल स्वरुप आगामी दिनमा व्यापार महोत्सव आयोजना गर्दा उद्योग वाणिज्य संघको अनिवार्य सहमति हुनुपर्ने सम्झौतापत्रमा उवासंघ र हेटौंडा उपमहानगरपालिका कार्यालयबीच हस्ताक्षर भएको जानकारी गराउन चाहन्छौं । विश्वव्यापी आर्थिक मन्दिको कारण लगानी र उत्पादन संकुचित भईरहेको अवस्थामा खुल्ला बजार अर्थतन्त्रको नाममा राज्यले व्याजदरलाई नियन्त्रण गर्न नसक्नूले अर्थतन्त्रको सम्पूर्ण क्षेत्र प्रभावित भएको छ ।
बैंकहरुको चर्को व्याजदर विरुद्ध बैंकर्श एशोसियसन संग छलफल कार्यक्रम तथा वस्तुगत संघहरु, सहयोगी संघसंस्था र नागरिक समाजको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघले सप्ताहव्यापी विरोधका कार्यक्रमहरु र एकदिन बैंक बन्दसमेत गराएको अवगत गराउन चाहन्छौं । सम्पूर्ण राजनैतिक दलहरुमार्फत एकल अंकको ब्याजदर कायम गर्ने राष्ट्रिय आर्थिक नीतिको निर्माण गर्न माग गर्दै आएका छौं ।
बदलिंदो व्यवसायिक वातावरणलाई समयानुकुल सम्बोधन गर्न र नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेकाले मकवापनुर उद्योग वाणिज्य संघले बिजनेश इक्यूवेसन एण्ड लर्निङ सेण्टरको स्थापना गर्न सम्बन्धित उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय समक्ष प्रस्ताव पेश गरिएको जानकारी गराउन चाहन्छौं । यसबाट नयाँ उद्योग र व्यवसाय स्थापना गर्न आवश्यक जानकारी, बैंकिङ तथा कर सम्बन्धी परामर्श एवम् कानुनी सल्लाह जस्ता सेवाहरु सदस्यहरुलाई प्रदान गर्न सकिने छ ।
हेटौंडा भिमफेदी सुरुङमार्ग निर्माण गर्न स्थापित नेपाल पूर्वाधार विकास कम्पनीमा मकवानपुरवासीको करोडौं लगानी भएको र यस संघले पटक पटक उक्त कम्पनीलाई वार्षिक साधारण सभा सम्पन्न गरी प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गर्दा पनि निस्कृय रहेकाले सम्पूर्ण सेयर धनीहरुको लगानी फिर्ता गराउन नेपाल सरकारलाई अनुरोध गर्दछौ । उक्त आयोजना सम्पन्न गर्न वैकल्पिक उपाय अ गरी निजीक्षेत्रको सहभागितामा हेटौंडा भिमफेदी हुँदै काठमाडौ जोडने सुरुङ मार्ग पिपिपि मोडल अन्तर्गत निर्माण भए वार्षिक अव रुपैयाँ बराबरको इन्धन, पाटपुर समयको बचत भई राष्ट्रीय गौरवको नन कार्य हुने विश्वास लिएका छौ र सम्बन्धि निकायहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु । नापतौल यन्त्रहरुको दर्ता तथा नविकरण गर्न वीरगञ्ज जानुपर्ने बाध्यताले कमी व्यवसायीहरुको नापतौल उपकरण दर्ता तथा नविकरण समयमै हुन नसकेको र जरिवाना तिर्नुपर्ने बाध्यता यथावत रहेको छ ।
यसको दिर्घकालिन निराकरण गर्न संघले बागमती प्रदेशका बिगतदेखि वर्तमान चार मुख्यमन्त्रीहरु, संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, अर्थ मन्त्री डा। प्रकाशशरण महत तथा प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार समक्ष ज्ञापनपत्र बुझाई सकारात्मक प्रतिकृया पाएका छौं। यसै आवमा जिल्लामा नापतौल कार्यालय स्थापना हुने जानकारी समेत प्राप्त गरेका छौ ।
विगत लामो समयदेखि २५ मिटर सडक विस्तारको समस्याने नगरवासीलाई असित बनाईरहेको अवस्थालाई मध्यनजर राखी यस समस्याको उचित निकास दिन हेटौडाको मूल बजार क्षेत्रको सडकलाई यथावत कायम राखी वाइपास सडक निर्माण गरी राजमार्गमा रुपान्तरण गर्न उपयुक्त हुने भएकाले बागमती प्रदेशका मुख्यमन्त्री नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रधानमन्त्री समदर ज्ञापनपत्र बुझाई कार्यान्वयनमा पहल समेत भईरहेको छ। यदि २५ मिटर सडक विस्तार गर्नेभए पिडीत घरधनिलाई उचित मुआवजार व्यवसायीहरुलाई उचित क्षतिपूर्ति र विकल्पको व्यवस्थापन गर्न अनुरोध गर्दछौ ।
पलपसा सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न हामीले पूर्व अध्यक्ष उत्तमराम ढकालज्यूको संयोजकत्वमा पन्यसा सदन संचालक समिति गठन गरी समितिमार्फत सदन सञ्चालन तथा व्यवस्थापन गर्दै आएका छौ । हाल पलपसा प्याराडाईज होम प्रा.लि.लाई लिजमा पल्पसा सदन संचालन तथा अन्य आवश्यक व्यवस्थापन गर्ने जिम्मेवारी दिएका छौं । पल्पसा परिसरमा तिन तले सुविधा सम्पन्न पल्पसा अतिथि गृह निर्माण गर्न आवश्यक डिपिआर तयारी अन्तिम अवस्थामा रहेको र सो कार्यकोलागि सम्बन्धित मन्त्रालयमा बजेटको व्यवस्थाको लागि पहल भैरहेको छ । उद्योग प्रतिष्ठानहरुमा समाधानमा आवश्यकता अनुसार सहजिकरण गर्दै आएका छौ । हेटौडा र विभिन्न स्थानहरुमा व्यवसायी तथा सर्वसाधारणको सुरक्षार्थ राखिएको सिसिटिभीको मर्मतसम्भार गरी चुस्तदुरुस्त राखिदिनसमेत हामी ध्यानाकर्षण गराउँदछौ ।
पश्चिमी क्षेत्र मनहरी लगायतको आर्थिक तथा सामाजिक विकासका लागि स्थापित पश्चिमी क्षेत्र समिति मार्फत व्यावसायिक हकहित तथा सामाजिक कार्यहरमा निरन्तरता प्रदान गर्दै आइरहेको व्यहोरा जानकारी गराउदछौ । मकवानपुर उद्योग वाणिज्य संघ आई एसओ 9001:2015 बाट सर्टिफाईड हो । संघले प्रदान गर्दै आएको सेवा सुविधामा स्तरोन्नति गर्दै समय सापेक्ष विभिन्न छलफल तथा तालिम, गोष्ठीहरुको आयोजना गर्दै आएका छौं । आन्तरिक राजस्व कार्यालयसंग सहकार्य गर्दै व्यवसायीहरुलाई विभिन्न सेवामा सरलिकरण गरेका छौं । विस्तारित मयुरधाप औद्योगिक क्षेत्र संचालनमा ल्याउन जिम्मेवार निकायहरुलाई ध्यानाकर्षण गराउदै आएका छौ।
समय समयमा उद्योग व्यवस्थापन तथा विभिन्न ट्रेड युनियनहरुसंग छलफल र समन्वय गर्दै सुमधुर औद्योगिक सम्बन्ध कायम राख्ने प्रयत्न गर्दै आएका छौ । महिला उद्यमीहरुलाई महिला उद्यमी विकास समितिमार्फत विभिन्न सीपमूलक तालिमहरुको आयोजना गरिएको छ ।
स्थानीय सरकार, गैर सरकारी सस्था र अन्तराष्ट्रिय दातृ नियोगको सहयोगमा मुलुककै पहिलो महिला विशेष आर्थिक क्षेत्र (उमन सेज) निर्माणको लागि प्रस्ताव तयार एवम् पहलकदमी भईरहेको यहाँहरुलाई जानकारी गराउँदछौ । महिला उद्यमी विकास समतिद्वारा एक हप्ते बागमती प्रदेश स्तरीय महिला उद्यमी मेलाको आयोजना गर्न लागिएको समेत जानकारी गराउन चाहन्छौ ।
हेटौडामा कृषि उपज थोक बजार व्यवस्थापन गर्ने कार्य तथा पशु बधशालाको व्यवस्था भएको र यसको प्रभावकारी कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसंग समन्वय गरेका छौं । हेटौडा बसपार्कको तरकारी थोक बजारको व्यवस्थापन हेटौडा उपमहानगरको सहयोगमा हाल चौकीटोल स्थित राप्ती किनारमा भइसकेको छ ।
राज्यले उद्योग व्यवसाय क्षेत्रलाई राजश्व संकलन श्रोत भन्दा माथि सोचेको अवस्था छैन । जसले गर्दा मर्यादित रुपमा उद्योग व्यवसाय संचालन गर्ने आधार तयार भएको छैन् । तमाम झन्झट कानुनी तथा नीतिगत अप्ठ्याराहरुले उद्योग व्यवसाय क्षेत्र जेलिएको अवस्था छ ।
उद्योग ब्यबसायको बिकाशले मात्र देश देश समुद्र हुन्छ भने राज्यकै रटान पनि नारामै सिमित देखिन्छ । त्यससंग सम्बन्धीत कुनै पुर्वाधार बनाउन राज्य जिम्मेवार देखिन्न । यो तत्कालिक मात्र नभई भावी पुस्ताकै लागी चुनौती हो भन्ने लाग्छ । समृद्ध मुलुक निर्माणको लागि, उद्योग व्यवसायमैत्री चिन्तनको लागि, हामी अपिल गर्दछौ । अण्डर बिलिङको समस्या राष्ट्रि समस्या रहेको र सोको निराकरणको लागि भन्सार प्रणालीमै सुधार गरेर समस्या समाधान गर्न अनुरोध गर्दछु ।
संघमा आवद्ध रहेका वस्तुगत संघहरुको लागि संयुक्त भवन निर्माण गर्न हेटौडा उपमहानगरपालिका कार्यालयबाट हेटौडा ६ मा १० कट्ठा जमिन हकभोग गर्ने अधिकार प्राप्त भएकोले बस्तुगत संघहरुको संस्थागत विकासमा टेवा पुग्ने विश्वास लिएका छौ । यसका लागि आवश्यक पूर्वाधारको लागी सम्बन्धित निकायमा आवश्यक पहल भईरहेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, स्थानीय सरकार,वस्तुगत संघसंस्थाहरु र संचारकर्मी मित्रहरुबाट पाउँदै आएको साथ, सहयोग र समर्थन आगामी दिनमा पनि संघलाई प्राप्त भईरहने आशा एवम् विश्वास लिएको छु ।
नोट : मउबासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले सनिबार आयोजित संघको ५७ औ वार्षिक साधरणसभामा प्रस्तुत मन्तब्य