हेटौंडा \ नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवाबासी जनजाति महासंघको वडा स्तरीय गठन विस्तार भएको छ । ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन लक्षित रहि महासंघको वडावडामा समिति गठन गरिएको हो ।
केन्द्रीय निर्देशन अनुरुप २१ गते शनिबार सम्ममा देशैभर वडागत समिति गर्ने निणर्य अनुरुप मकवानपुरमा ४५ वटा वडामा महासंघको समिति गठन गरिएको छ । आज शनिबार मकवानपुरका १० वटा स्थानीय तहमा रहेको १०२ वटा वडा मध्ये हेटौंडा उपमहानगरका १६ वटा वडा सहित मकवानपुरका ४५ वटा वडामा महासंघको समिति गठन गरिएको महासंघ जिल्ला कार्यसमितिका सचिव जयनारायण श्रेष्ठले बताए । बाकीँ वडाहरु २५ गते भित्र सम्पन्न गर्ने उनले बताए ।
पार्टीको संरचना जस्तै वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति र जिल्ला समिति निर्माण हुने सचिव श्रेष्ठले बताए । अहिले हामी वडातहको समिति गठन गर्ने र ६ जना क्षेत्रीय प्रतिनिधि छनौट कार्य तीव्र भइरहेको छः सचिव श्रेष्ठले सिधाखबरलाई भने । हामी आगामी माघ ६ गते पालिका स्तरीय समिति गठन गर्नेछौं ।
त्यस्तै, माघ २१ गते प्रदेश सभा क्षेत्र, फागनु १ गते संघीय निर्वाचन क्षेत्र, फागुन १९ गते जिल्ला अधिवेसन, चैत्र १७ र १८ गते बागमती प्रदेश अधिवेसन र आगामी ०८१ जेठ २६ गते देखी २८ गते सम्म काठमाडौंमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेसन गर्ने तालिका रहेको सचिव श्रेष्ठले बताए ।
छनौट भएका प्रतिनिधिले प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका साथै जिल्ला समितिको निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाइने श्रेष्ठले बताए । शनिबार अन्तिम गठन हेटौंडा उपमहानगरपालिकाको ११ नम्बर वडामा समिति गठन गरिएको थियो । प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा समिति गठन गरिएको महासंघ हेटौंडा नगर समितिका अध्यक्ष हर्करत्न लामाले बताए ।