हेटौंडा \ आजदेखि नेपालभर एक साथ प्रर्दशनमा आएको चलचित्र दि सिक्रेट्स अफ राधा र चलचित्र प्रकाशले हेटौंडाको दुई सिनेमा घरमा ओपनिङ्ग अकुपेन्सी शो जिरो बनाएकाछन् ।
हेटौडाको नारायणीमलमा रहेको एनएस सिनेमाघर र ओम्याक्स सिनेमा घरमा यी दुई चलचित्र हेर्न आउने दर्शकको संख्या शुन्य भएपछि हल संचालकहरुले अब चलचित्र क्षेत्रको व्यवसाय धरापमा परेको चिन्ता व्यक्त गर्न थालेका छन । नेपालका सुपर स्टारहरुद्धारा अभिनित दुबै चलचित्रहरुमा हेटौडाका एक जना पनि दर्शक सिनेमा हेर्न नआउनु दुखद् रहेको हल सञ्चालक बताउछन् । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै चलचित्रले आज देखी प्रर्दशन सुरु गरेको छ ।
सुर्वण थापा निर्देशित चलचित्र दि सिक्रेट्स अफ राधामा नाम कहलिएका सुपरस्टार सौगात मल्ल, दयाहाङ राई, श्रृष्टि श्रेष्ठ, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा जस्ता चर्चित कलाकारहरुको अभिनय रहेकोे छ । तर यस्तो विकाउ नाम भएका कलाकारहरुको चलचित्र प्रदर्शन मितिकै पहिलो शोमा हेटौडामा दर्शक शुन्य भएको यो पहिलो पटक हो ।
यस्तै आजै देखी प्रर्दशनमा आएको अहिलेका सुपरस्टार नायक प्रदीप खड्का अभिनित चलचित्र प्रकाशले पनि हेटौडका सिनेमा घरमा ओपनिङ्ग शो शुन्य बनाएको छ ।
दिनेश राउत निर्देशित चलचित्रमा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’मा पनि नाम चलेका कलाकारहरुको ठूलो भीड छ । यो भिडले पनि हेटौडामा दर्शक तान्न सकेन भने ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्तो चलचित्रबाट आफूलाई प्रमाणित गरिसकेका दिनेश राउत निर्देशित चलचित्र प्रकाशले पनि हेटौडाका एकजना पनि दर्शक नपाउनु अब चलचित्र प्रति हेटौडाका दर्शकहरु मोहित नभएको बुझ्न सकिन्छ ।
उता एनएस सिनेमा हलका संचालक नवराज आचार्यले पहिलो शो मा नै यसरी दर्शक नआउनु दुखद रहेको बताउदै अब हेटौडाका दर्शकहरुले पनि छानेर चलचित्र हेर्न बसेको बताएका छन् । अब नामले मात्र सिनेमा चल्दैन चलचित्रको हाईपले सिनेमा चल्छ राधा र प्रकाशको खासै प्रचारप्रसारमा हाईप नपुगेकाले पनि ओपनिङ्ग शुन्य भएको आचार्यको भनाई छ ।
उनका अनुसार दुईवटा सिनेमा घर भएको एनएसमा हिन्दी चलचित्र हेर्न आएका ३५ जना दर्शकको लागी एउटा थियटर चलाएको र अर्को बन्द रहेको बताएका छन् । उता ओम्याक्स सिनेमा घरका म्यानेजर राम प्रधानले पनि आजबाट प्रर्दशनमा आएका दुबै नेपाली चलचित्रमा दर्शक नआएपछि १२ बजेको शोमा हलनै बन्द गर्नुपरेको बताएका छन् ।
यस्तै हेटौडामा लामो समय सिनेमा घर संचालन गर्दै आएका चलचित्र वितरक,निर्माता एवं चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हेटौडा जस्तो ठाँउमा सिनेमाको पहिलो दिन शो नहुनु दुखद रहेको बताउदै हप्तै पिच्छे सार्वजनिक भएक चलचित्रहरुले गर्दा पनि यस्तो भएको बताए । देशको अर्थतन्त्र डमाडोल हुदाँको परिणामले पनि हेटौडामा यस समस्या भएको उनले बताए ।
उनले अब चलचित्रमा हल्ला खल्ला कम भएका चलचित्रहरु सिनेमाघरमा लगाउनु भन्दा नलाएकै वेश समेत बताएका छन । हेटौडामा मात्र होईन अन्य स्थानमा पनि आज रिलिज भएका चलचित्रहरुको पहिलो शो उत्साहजनक नभएको उनको भनाई छ । उनले भोली देखी चलचित्रहरुको पिकअप रहने समेत बताएकाछन् । भोलीदेखी पर्व सुरु हुने र शनिबार भएकाले पनि सिनेमा हेर्ने दर्शकहरुको भिड लाग्ने महर्जनको अनुमान छ ।
चलचित्रको लामो ईतिहासमा रिलिजको दिन शो बिहिन भएको अवस्थाले मकवानपुरमा सुनसान हुनु दुखद् रहेको ईतिहास बनेको छ ।