राक्सिराङ \ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सिमान्तकृत समूदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताउनुभएको छ । सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको १५ औं हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रले बताउनुभयो । प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढेको बताउँदै उहाँले माघ महिनाभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।
यस्तै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशका ८५ वटा पालिकाहरुमा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकाहरुले सहकार्य गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार पूरा हुने बताउदै उहाँले पालिकास्तरबाट योजनावद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आज भोलि जनप्रतिनिधिहरु नै निराशा पोखेर हिँडन थालेको बताउदै उहाँले आशावादी भएर काम गर्न सके गणतन्त्रको रक्षा हुने बताउनु भयो । अहिले नै व्यवस्था परिवर्तनको गफ गर्नु भन्दा पनि जनताको बीचमा विकास निर्माणका कामहरु गर्नुपर्ने उहाँले बताउनु भयो । विकासको पैसा प्रदेश र स्थानीय सरकारसँग रहेको हुँदा निर्धक्क काम गर्नुपर्ने उहाँले बताउनु भयो ।
अहिले जनप्रतिनिधिहरु बीच नै हुन्छ र हुन्नको विवादले विकास अडेको बताउँदै उहाँले समयै काम नगर्ने निर्माण कंम्पनीको ठेक्का रद्ध गर्ने प्रकृयामा प्रदेश सरकार लागेकाले अब विकास निर्माणमा तिव्र्रता छाउनेमा जोड दिनु भयो । विकट मानिने राक्सिराङ गाउँपालिकाका जनताहरुको जीवनस्तर उकास्नेखालको कामहरु गर्न पालिकासँग प्रदेश सरकार पनि हातेमालो गर्दै अगाडि बढने उहाँले बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका संसदीय दलका सचेतक एवम् प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षा गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्रलाई पालिका स्तरबाट प्रोत्साहन गर्न सके शिक्षामा रुपान्तरण हुन समय नलाग्ने बताउनुभयो । नुन देखि सुन सम्मका विकासका कामहरु गर्न एक्लो प्रयास भन्दा सामुहिक प्रयास गर्न पालिकालाई उहाँले आग्रह गर्नुभयो ।
यस्तै बागमती प्रदेशका प्रदेश सदस्य ईन्द्र बहादुर बानियाँले बाटो नै विकासको मुल आधार भएको बताउँदै सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रकाजनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।