हेटौडा \ हेटौडा–६, चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा–६, का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाकी अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव देव कुमारी डंगालले प्रगति प्रतिवेदन, उपाध्यक्ष बुद्धिलक्ष्मी चौलागाईले ऋण समितिको प्रतिवेदन र लेखा संयोजक रीता फुयाँलले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक मोद कुमारी दाहालले चालु आव. ०८०/०८१ को लागि ३ करोड २२ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य पुतली विडारी, बाल सदस्य शिव श्रेष्ठ र असली कारोवारीमा गीता लामालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, संस्थाकी संस्थापक अध्यक्ष मोद कुमारी दाहाल, नारी चेतना केन्द्रका संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, कार्यकारी सदस्य ज्योति नकर्मी, सल्लाहकार गौरव कुमार पराजुली, रुपेश दुलाल, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता साकोसका सञ्चालक सदस्य भीमप्रसाद वाग्ले, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।