हेटौंडा \ साइकल प्रयोगकर्ताहरुको संस्था हिमालयन राईडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ समिति तीन वर्षका लागि चयन गरिएको हो ।
सोसाईटीको उपाध्यक्षमा राजु थापामगर, महासचिवमा चन्द्रकुमार मानन्धर, कोषाध्यक्षमा लक्ष्मीशरण श्रेष्ठ र सचिवमा लेखनाथ ढकाल चयन भएका छन् । सोसाइटीको सदस्यहरुमा बुद्धराम श्रेष्ठ, इश्वर पाण्डे, देवराज आचार्य, सोनिया राई, प्रदीप थापा चयन भएका छन् ।
सभाले सल्लाहकार समितिमा चेतनाथ आचार्य, भानुभक्त आचार्य, निमेष निखील, डा. तारालाल श्रेष्ठ, राममान श्रेष्ठ, रामेश्वर बास्कोटा र दीपेन्द्रचन्द ठकुरी चयन गरिएको छ ।
सोसाईटीका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता तथा हेटौंडा वडा नम्बर ५का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख अतिथ्यतामा सभा भएको थियो । सभामा अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीशरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, हेटौंडा राईडर्स क्लबका संस्थापक अध्यक्ष दीपेन्द्रचन्द ठकुरी, बारा राईडर्स एशोसियसनका अध्यक्ष शेषराज अधिकारी, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।