हेटौंडा \ सुचना चलखेल र लोकतन्त्रको विषयमा सरोकारवालाहरुसँग हेटौंडामा शुक्रबार छलफल गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटसँगको सहकार्यमा बागमती प्रदेशमा सूचनाको चलखेल र लोकतन्त्रसम्बन्धी प्रदेशसभासद, राजनीतिक दललगायत सरोकारवालाहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो ।
आइ आर आइका प्रमुख युवराज आचार्यले सूचना चलखेल पात्र,कारण र तरिका, राजनीतिक अभियान्ता, व्यापारिक कम्पनी ,वैदेशिक शक्ति, चरमपान्थी समुहरु र सरकारको मिथ्या सूचना, सूचना चलखेलका माध्यम र सामाग्री, मिथ्या सुचना हुन नदिन आवश्यक तथ्याङ्क, मिथ्या सूचनाका रणनीति बारे प्रस्तुत गरेका थिए ।
त्यसैगरी मिथ्या सूचना हुन नदिन आवश्यक तथ्याङ्क र मिथ्या सूचनाका रणनीति बारे व्याख्या गर्दै निर्वाचनको बेला मिथ्या सूचना कसरी फैलाइन्छ भन्ने बारे प्रस्तुत गरे । मिथ्या सूचनाबाट पर्ने असरहरु, सूचनामा अन्यौलका कारण पर्ने असर, बारे बताउदै कानुनी प्रावधान बारे प्रस्तुत गरेका थिए ।
मिथ्या सुचनाको घटना, मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय,मिथ्या सूचना फैलिन नदिन सरोकारवाला पक्षको भुमिका र दायित्व विषयक उपस्थित सरोकारवालाहरु बीच छलफल गरिएको थियो । बागमती प्रदेश संसद सरल सहयात्री पौडेलले सामाजिक संजाल भन्दा माथी राखेर मिडियाले सूचना प्रवाह गर्नुपर्ने धारण राखेका थिए ।
समाजमा भएको अन्धविश्वासको कारण पनि मिथ्या सूचनाको असर समाजमा पर्ने गरेको उनले बताए । उपस्थित संसद र स्थानीय प्रतिनिधिहरुले मिथ्या सुचनाको कारण परेको समस्या बारे बताउदैँ सत्य तथ्य सूचना मात्र प्रकाशन र प्रसारण गरिदिन समेत मिडियालाई अनुरोध गरे ।
यसैगरी प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले मिथ्या सुचना राज्यकै अंग प्रभाव परेको बताउँदै प्रविधिको विकास सँगै मिथ्या सुचना बढ्दो रहेको बताए । हिजोको पत्रकारको लेखाई र बुझाई र अहिलेको लेखाई फरक छ रहेकाले मिथ्या सुचना नियन्त्रण गरिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रमा आले मगर, माया श्रेष्ठ, गीता गुरुङ, प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, हेटौंडा वडा ८ अध्यक्ष रामकृष्ण थापा, जिल्ला बार एशोसिएसन अध्यक्ष अप्सरा बस्नेत तथा सञ्चारकर्मीहरुले आफ्नो भनाई राखेका थिए ।