हेटौंडा \ नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले देशको समृद्धिको सम्वाहक निर्माण व्यवसायी रहेको बताउनुभएको छ । शनिबार हेटौँडामा निर्माण व्यवसायी संघ मकवानपुरको २४ औँ वार्षिक सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिंहले देशको समग्र भौतिक संरचनाको विकासमा निर्माण व्यवसायीको समेत ठुलो हात रहेकाले सहज ढङ्गले राज्यले काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले सार्वजनिक खरिद ऐन र नियमावली पुर्वाधार र व्यवसायी मैत्री नभएको बताउँदै उक्त ऐनले समस्या मात्र नभई उद्योगी र आम नागरिकमा समेत नैरश्यता रहेको बताउनुभयो । त्यसतर्फ सरकारले ध्यान दिन अग्रह गर्दै महासंघ अब साना व्यवसायीलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समिति मार्फत काम गर्दा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै स्रोत सुनिश्चितता नभएको काम योजनाहरु मात्रै गर्न आग्रह गर्नुभयो । स्रोत सुनिश्चिता नभएका योजनाले गर्दा हामी समस्यामा बढि परेका छौं । त्यसतर्फ स्थानीय सरकारका साथै तीन तहकै सरकारले ध्यान दिनुपर्ने छ, अध्यक्ष सिंहले भन्नुभयो ।
।
देशमा २४ हजार निर्माण व्यवसायी छन जस मध्ये ८-१० हजारले कम बजेटमा ठेक्का लिने र काम नगर्ने गरेकाले हामी बदनाम हुन पुगेको अध्यक्ष सिंहले बताउनुभयो । सरकारसँग चरणबद्ध आन्दोलन गरेर म्याद थपका विषयमा सहमती जनाएपनि सरकारको निर्देशन कर्मचारीले नमान्दा पनि निर्माण व्यवसायी समस्यामा परेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले निर्माण व्यवसायीबाट भएको कमजोरी हटाउनु पर्ने बताउँदै अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बिल्लोमा ठेक्का पार्ने स्रोतको सुनिश्चितता छैन अनि काम अलपत्र छाड्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । सेटिङमा ठेक्का पार्ने र साना निर्माण व्यवसायी समस्यालाई वास्ता नगर्ने अझै भन्दा साना निर्माणको काम उपभोक्ता समितिबाट भईरहेको अवस्थामा केही निर्माण व्यवसायीलाई समस्या पुगेको बताउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईन्जिनियर आङ दोर्जे लामाले वरिष्ठ उपाध्यक्ष ईन्जिनियर आङ दोर्जे लामा कठिन पेशा हो निर्माण व्यवसाय पेशा रहेको भन्दै लाइसेन्स पाइएता पनि पेशालाई व्यवस्थित गर्ने चुनौती रहेको बताउनुभयो । उहाँले हामीमा धैर्यता ईमान्दारिता समेत आवश्यक छ यस क्षेत्रमा क्षमता भएका र इमानदार टिकेको अवस्था छ । हामीले लोभले समस्यामा परेका हौँ, लो बिट एउटा समस्या रह्यो भने अर्को समयमा काम गर्ने वातावरण नबन्नु हो, लामाले भन्नुभयो ।
संघका अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षतामा भएको सभामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईन्जिनियर आङ दोर्जे लामा, महासचिव रोशन दाहाल बागमती प्रदेश अध्यक्ष सुमीत श्रेष्ठ, संघका पूर्व अध्यक्ष आनन्दराम पराजुली, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, हेटौंडा उपमहानगरपालिकाका वडा १ अध्यक्ष सविन न्यौपाने लगायतले आफ्नो भनाई राखेका थिए । सभामा विभिन्न विधामा निर्माण व्यवसायीहरुलाई सम्मानसमेत गरिएको थियो ।