हेटौडा \ हेटौडा ६ मा रहेको बालजागृति युवा वर्ष माविको ४० औ अभिभावक भेला शनिबार सम्पन्न भएको छ । हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गुणस्तरीय अध्यापनमा जोड दिन आग्रह गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष दाहालले विद्यालयको शैक्षिकस्तर वृद्धि गर्न शिक्षकशिक्षिकाहरुलेनै भुमिका खेल्न आग्रह गर्नु भयो । उहाँले विद्यार्थीको पहिलो घरनै विद्यालय भएकाले अहिलेको प्रविधिमैत्री शिक्षालाई जोड दिदै शिक्षा प्रवाह गर्न आग्रह गर्नुभयो ।
नगरको विद्यालयहरु मध्ये यस विद्यालयले गरेको शैक्षिक प्रगती राम्रै रहेको बताउदै उहाँले अझ कमजोरीहरु सुधारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भेलामा विभिन्न प्रतियोगीताहरुमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुको साथै विद्यालयका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष तिलक प्रसाद दुलाललाई सम्मान गरिएको थियो । सम्मानित संस्थापक अध्यक्ष दुलालले आफुले रोपेको विरुवा हुर्काएर शिक्षाको हराभरा बनाउने विद्यालय परिवार सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
भेलामा विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य पदमलाल दुलाल,उत्कृष्ट शिक्षक शिव प्रसाद चौलागाईं, उत्कृष्ट अभिभावक कविता चौलागाईं लाई सम्मानित गरिएको थियो । भेलामा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,विद्यालयका पूर्व अध्यक्षहरु श्रीराम खतिवडा, ईन्द्रमणि गौतम,राम प्रसाद शर्मा, सल्लाहाकार शिव प्रसाद खनाल, हेटौडा उपमहानगरका शिक्षा विकाश महाशाखा अधिकृत रमेश प्रसाद विडारी, वडा सदस्य विजय पौडेल लगाएतले विद्यालयमा मन्टेस्वरी कक्षालाई जोड दिन आग्रह गरेका थिए ।
पछिल्लो समय सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको संख्यामा कमी हुदै आएको अवस्थालाई मध्ये नजरगर्दै मन्टेस्वरी कक्षा संचालन गर्नु अबको आवश्यक्त रहेको औल्याउनु भएको थियो । भेलामा प्रधानाध्यापक सम्झना अधिकारीले विद्यालयको वार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै आगामी कार्ययोजनाका बारेमा समेत जानकारी गराउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफनो प्रगती प्रतिवेदन संगै विद्यालयमा देखापरेका समस्या र समस्याका समाधानहरु प्रस्तुत गर्नु भएको थियो । भेलाले नयाँ व्यवस्थापन समिति चयनका लागी हेटौडा उपमहानगर शिक्षा विकाश महाशाखा अधिकृत रमेश प्रसाद विडारी, वडा अध्यक्ष विष्णु दाहाल तथा प्रअ सम्झना अधिकारीको समितिले नयाँ व्यवस्थापन समिति चयनका लागी चार जना प्रत्यक्ष अभिभावकबाट सदस्यहरु चयन गरेको थियो । सदस्यहरुमा कविता पुडासैनी,कोपिला चौलागाई,राधिका लामा,पार्वती घिमिरे चयन भएका छन् ।