हेटौंडा \ उपमहानगरपालिका वडा नम्वर २ मा रहेको बालजागृति इंङलिस सेकेण्डरी बोर्डिङद्धारा आइतवार बालबालिकाहरुले हेटौंडा ११ स्थित पुन्यक्षेत्र आश्रममा पदयात्रा गरेका हुन् । ११ बजे विद्यालयबाट सुरु गरेको पदयात्रा साढे ११ बजे सहिदसमारकमा पार्क स्टेसनमा बस रोकी स्मारकबाट बालबालिकाहरुलाई लाईन मिलाई क्रमबद्ध रुपमा पैदल यात्रा गरी सुरु गरिएको थियो ।
कक्षा ७ का बालबालिकालाई रचनात्मक ज्ञानगुनका नयाँ कुरा सिकाउनका निम्ति पदयात्रा गराईएकोे विद्यालयकी शिक्षिका रुकु गौतमले बताईन् । कक्षामा पढाई हुने नेपाली विषय अन्तर्गत रचना सम्बन्धि शीर्षकमा विद्यार्थीलाई पद यात्रा गराईएको उनले बताईन । बालबालिकाहरुलाई पदयात्रा गराउदा बाटोघाटोको प्रकृति,रुख,नदिनाला आदीको बारेमा जानकारी गराउने उद्देश्यले पदयात्रा गराईएको शिक्षिका गौतमले बताएकी छिन् । पदयात्राबाट बालबालिकाले दैनिकी तयार गर्नु पर्ने छ ।
पछिल्ल्लो समयका बालबालिकाहरु घरबाटै निस्केका हुदैनन् उनीहरुलाई धुलो के हो ? ढुङ्गा के हो ? बाटो, मठमन्दिर के हो ? थाहा नभएका बालबालिकालाई बाहिरी प्राकृतिक शिक्षा अति आवश्यक भएका कारण यो छोटो पदयात्रा निकै महत्वपुर्ण रहेको शिक्षिका गौतमको भनाई रहेको थियो ।
माटोमा हिड्नु पर्ने,खोलानालामा हिड्न सजिलोका लागी सजिलो कपडा लगाई पदयात्रा गरिएको शिक्षिकाले बताईन् ।
बालबालिकाले स्थलगतका गतिविधि,देखेका,सुनेका,भोगेका तथा कल्पना गरेको अवस्थालाई श्रृजनात्मक रुपमा कक्षा कोठामा प्रस्तुत गर्नुपर्ने उनले बताईन् ।
पदयात्रा गरे पश्चात विद्यार्थीहरुले प्राकृतिक र मठमन्दिरका बारेमा कथा,रचना,कविता,लेख लेखेका थिए । पदयात्रामा बालजागृती विद्यालयका कक्षा ७ का १ सय २४ जना विद्यार्थी र ४ जना शिक्षिकाहरुको सहभागीता रहेको थियो ।-मनिता राना