मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बाघभैरव सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा गम्भिर न्यौपाने चयन भएका छन् । आइतबार समूहको २६ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा डोलप्रसाद भट्ट, सचिवमा पर्वत बुढाथोकी, सहसचिवमा मनमाया स्याङ्तान, कोषाध्यक्षमा पूर्णमाया भोम्जन चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा रामप्रसाद चौरेल, बलराम भोम्जन, श्याम श्रेष्ठ, यदुकुमार घिमिरे, पार्वती कार्की चयन भएका छन् ।
समूहका अध्यक्ष हीराबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको सभामा वडा नम्बर २ का वडाध्यक्ष बखानसिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । सभामा वडा २ का सदस्य रामप्रसाद चौरेल, फेकोफन स्थानीय महासंघका दुर्गा घोरासैनी, सव डिविजन वन कार्यालय मकवानपुरगढीका किरण क्षेत्री, मञ्जुश्री सामूदायिक वनका अध्यक्ष गंगा थापा मगर, समूहका पूर्व अध्यक्षहरु शिवप्रसाद न्यौपाने, हरिबहादुर बुढाथोकी, चण्डिका माविका अध्यक्ष राजकुमार गोले, बंशगोपाल माविका अध्यक्ष जीतबहादुर लो, महाकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामप्रसाद न्यौपाने, श्रमिक दुग्ध उत्पादक सहकारीका अध्यक्ष गंगाराज गोले, कुर्ले कृषि सहकारीका अर्जुन प्रसाद चौरेल लगायतको आतिथ्यता रहेको थियो ।
उक्त वन समूहमा २६२ घरधुरी आवद्ध रहेका छन् ।