हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको छ । दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरीएको छ ।
स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकिय अधिकृत टिम बीच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले विजयी भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधि र महिला कर्मचारी बीचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले विजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले बताए ।
दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधि तथा कर्मचारी बीच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम विजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरीएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए ।
पछिल्लो समय रगतको अभाव भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अतिरिक्त क्रियाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनील मोक्तानको संयोजनमा भएको थियो ।
स्थापना दिवसमा विभिन्न सम्मान
हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस विभिन्न सम्मान तथा प्रगति पुस्तिकाको विमोचन सहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्ति, संस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने छ ।
उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेविका, टोलविकास संस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले बताए । नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ ।