हेटौडा \ हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा दिगो वन ब्यवस्थापन, विधान तथा कार्ययोजना तयारी सम्बन्धि ४ दिने तालिम शुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना तालिमको आयोजना गरिएको हो ।
सामुदायिक वन समूहले विधान तथा कार्ययोजना बनाउदा गर्नु पर्ने कामहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेश प्रसाद चन्द्रबर्शी, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सचिव डिल्ली गिरी, अर्जुन चापागाई, सन्देश चौधरी लगायतकाले तालिममा सहजीरकरण गर्ने कार्यक्रम छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको तालिममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ, केन्द्रीय सदस्य रामहरि चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, वन समूहका पदाधिकारी, सल्लाहकार, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता समेतको सहभागिता रहेको छ ।