हेटौँडा / हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ५ क्याम्पाचौर रंगशालामा मंगलबार देखी नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । ४५ वर्ष उमेर समुह माथिका प्रतियोगिताको पहिलो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । खेलमा बौद्ध भेट्रान्स काठमाडौंलाई ५-१ गोल अन्तरमा पराजित गर्दै नागस्वती भेट्रान्स विजयी भएको हो । नागस्वतीको तर्फबाट खेलको १६ औ मिनेटमा भुसेन लिम्बुले गोल गरेका थिए भने २० औ मिनेटमा प्रकाश रानाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका निमा लामा घोषित भएका थिए ।
यस्तै खेलको दोश्रो हापको २९ र ३२ औ मिनेटमा निमा लामाले दुई गोल थपेका थिए भने ३८ औ मिनेटमा रोहित खत्रीले गोल गरेका थिए । उता बौद्धको तर्फबाट एकमात्र सान्त्वना गोल खेलको ४४ औ मिनेटमा सन्जु लामाले गरेका थिए । यस्तै आजै भएको दोश्रो खेलमा बानेश्वर फ्रेन्सीप भेट्रान्सले अभिषेक चर्च लाई सुन्यका विरुद्ध ३ गोल गर्दै विजयी हासिल गरेको थियो ।
खेलको ३ औ मिनेटमा बानेस्वरका तर्फबाट ससि गौतमले गोल गरेका थिए भने दोश्रो हापको ४१ औ मिनेटमा प्रविन केशी र ४८ औ मिनेटमा महेन्द्र खवासले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बानेश्वरका भेट्रान्सका महेन्द्र खवास घोषित भएका थिए ।
यस्तै तेश्रो खेलमा पशुपति भेट्रान्स विजयी भएके छ । खेलमा थारु भेट्रान्सलाई सुन्यका विरुद्ध २ गोल गर्दै पशुपति विजयी भएको थियो खेलको २८ औ मिनेटमा पशुपतिका तर्फबाट सुबोध ढुगेलले एक गोल गरेका थिए भने खेलको ४० औ मिनेटमा टिकाराज उप्रेतीले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पशुपतिका सुबोध ढुंगेल घोषित भएका थिए ।
यस्तै चौथो खेलमा चितवन भेट्रान्स विजयी भएको छ । खेलमा सिमरा भेट्रान्सलाई ३-१ गोल अन्तरमा चितवन विजयी भएको थियो । खेलको २३ औ मिनेटमा चितवनको तर्फबाट रविन्द्र श्रेष्ठले,३० औ मिनेटमा मनोज लामाले र ४५ औ मिनेटमा सुरेन्द्र चौधरीले गोल गरेका थिए भने सिमरा भेट्रान्सका तर्फबाट एकमात्र गोल खेलको ३३ औ मिनेटमा सुर्यमान तामागले गरेका थिए । खेलको म्यान अफ द म्याच चितवनका रविन्द्र श्रेष्ठ घोषित भएका थिए ।
यस्तै आजको अन्तिम पाँचौ खेलमा हेटौडा भेट्रान्स वि विजयी भएको छ । हेटौडाले नवजागृति क्लबलाई पराजित गरेको थियो । खेलको ३० औ मिनेटमा हेटौडा भेट्रान्सका तर्फबाट संजय थापाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । खेलमा संजय थापा म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एकसय ११ रुपैयाँ,उपविजेताले पचपन्न हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने कार्यबहाक अध्यक्ष नवराज बज्राचार्यले बताउनुभयो ।