हेटौडा \ मकवानपुर उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास समितिको आयोजनामा शुक्रबार देखी हेटौडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु भएको छ । हेटौंडाको पल्पसा सदनमा आयोजना गरिएको प्रदर्शनी उद्घाटन गर्नुहुदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले महिलाहरुलाई घरबाट बाहिर निस्कन र सामाजिक रुपमा अघि बढन चुनौति रहेको अवस्थामा यस्तो कार्य गर्नु उत्साहजनक भएक्को बताउनु भयो ।
उद्यमशीलताको क्षेत्रमा महिलालाई प्रोत्साहित गर्न स्थानीय तहमार्फत गरिने कामहरु प्रभावकारी हुने भन्दै मन्त्री मोक्तानले बागमती प्रदेश सरकारले उद्यमशीलतालाई जोडदिन, दक्ष जनशक्ति निर्माण गर्न, बजार व्यवस्थापन गर्न, महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्न योजना बनाएको बताउनु भयो । उत्पादनको गुणस्तर बढाएर दिगो आयआर्जनको स्रोत बनाउन बागमती प्रदेशको उद्योग मन्त्रालयमार्फत काम भइरहेको बताउनुहुदै उहाँले यस्ता कार्यक्रमहरुको लागि आफ्नो तर्फबाट सहयोग रहने उहाँले बताउनु भयो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण गर्दै जिल्लाको आर्थिक सामाजिक विकासमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग सहकार्य गरी अर्थतन्त्रलाई नै सवल र सुदृढ बनाउन प्रर्दशनीले भूमिका निर्वाह गर्ने बताउनु भयो ।
विश्वव्यापी आर्थिक मन्दिको कारण लगानी र उत्पादन संकुचित भईरहेको अवस्थामा राज्यले बैंकको व्याजदर नियन्त्रण गर्न आवश्यक रहेका बताउनु हुदैँ उहाँले बदलिंदो व्यवसायिक वातावरणलाई समयानुकुल सम्बोधन गर्न र नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद एकालाल श्रेष्ठले महिला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन एवम् विस्तार गर्न यस्ता प्रर्दशनीले भुमिका खेल्ने बताउनु भयो । महिला उद्यमी विकास समिति मार्फत विभिन्न सीपमूलक तालिमहरुको आयोजना गर्दै मउबासंघले मुलुककै पहिलो महिला विशेष आर्थिक क्षेत्र (उमन सेज) निर्माणको लागि प्रस्ताव तयार गरी पहल गरिरहेकामा बधाई दिदै आठौं महिला उद्यमी प्रदर्शनीले नव उद्यम गर्न चाहने महिलाहरुलाई थप हौसला प्रदान गर्ने विश्वास लिएका बताउनु भयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाले साना तथा घरेलु तहका उत्पादनहरुलाई ब्राण्डिङ गरी उद्यमशीलताको विकास गर्न चाहेको बताउनुभयो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्मा, हेटौंडा–११ का वडा अध्यक्ष जुना दहाल, नेकपा एमालेका नेतृ सुमित्रा काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल लगायतले प्रदर्शनीलाई व्यापक बनाउँदै धेरैभन्दा धेरै उपभोक्तामा जानकारी पु¥याउन प्रर्दशनीले भुमिका खेल्ने बताउनु भयो ।
महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गीले कार्यक्रममा नेपालको परिपेक्ष्यमा उद्योग व्यवसाय र उत्पादनका क्षेत्रमा पुरुषको तुलनामा महिला सहभागिता न्यून मात्रामा रहेको, महिला उद्यमीद्धारा उत्पादित वस्तुहरुको बजारीकरण गर्न यस्ता प्रदर्शनीहरु आवश्यक रहेका बताउनु भयो । ५ दिन सम्म चल्ने प्रदर्शनीमा महिला तथा कृषि उद्यमीहरुले उत्पादन गरेको बस्तुहरुको स्टलहरु राखिएका छन् ।
साथै कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती, सफलताको कथा प्रस्तुती, पेशागत प्यानल छलफल तथा कृषि अन्तक्र्रिया जस्ता कार्यक्रमहरु पनि रहेको जनाईएको छ । आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजनाको लागि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालय,कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुलगायत सबै सहयोगी तथा सहकार्य रहेको छ ।