जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) मकवानपुरले पछिल्लो समय बढदै आएको कोरोना संक्रमण नियन्त्रण गर्ने उपाएबारे छलफल गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेको अध्यक्षतामा बसेको बैठकले विगत केही हप्तादेखि निरन्तर बढ्दै गइरहेको कोभिड संक्रमण सन्दर्भमा छलफल गर्दै यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्लाभित्र बिभिन्न स्वास्थ्य साबधानी अपनाउन अपिल गरेको छ ।
बैठकले मकवानपुरका स्वास्थ्य संस्थाहरूमा आवश्यक वेड, स्वास्थ्य सामाग्री, जनशक्ति, औषधी र अक्सिजन लगाएतलाई तयारी अवस्थामा राख्न जिल्लास्थित अस्पताल तथा स्थानीय तहहरूलाई अनुरोध गर्ने,कोभिड १९ को परीक्षणको दायरा बढाउन स्थानीय तहहरूलाई अनुरोध गर्ने, कोभिड स्थानीय तहहरू, स्वास्थ्य कार्यालय दमकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ, मकवानपुर,नेपाल पत्रकार महासंघ र गैर सरकारी संघसंस्थाहरूलाई सन्देशमूलक जानकारी प्रचार प्रसार गर्न समेत अनुरोध गर्ने निर्णय गरेको छ ।
कोभिड १९ को खोप र बुष्टर खोप लगाउन छुटेका समूहहरूको पहिचान गरी त्यस्ता समूहलाई लक्षित गरी खोप र बुष्टर खोप कार्यक्रम अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय मकवानपुरलाई आग्रह गरीएको छ । हेटौडा अस्पतालमा कोभिड १९ संक्रमित व्यक्तिहरूको निशुल्क रूपमा उपचार गर्ने सम्बन्धमा उपचारमा कार्यरत जनशक्तिहरूको म्याद थप र उपचारको शोधभर्नाको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, हेटौडालाई अनुरोध गर्ने निर्णय समेत गरीएको छ ।
बैठकमा हेटौडा उपमहानगरपालीकाका मेयर मिना लामा,सशस्त्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की,उप अनुशन्धान निर्देशक पपु शर्मा,जिलला समन्य समिति मकवानपुरका प्रमुख ललित घलान,प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्की,